मेरो एउटा पुच्छर छ

चार खुट्टामा म देखिएको छु ।

तर पनि म मानव भन्दा सर्वश्रेष्ठ छु 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मेरो एउटा पुच्छर छ

चार खुट्टामा म देखिएको छु ।

तर पनि म मानव भन्दा सर्वश्रेष्ठ छु 

"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कविता: ‘म’ र ‘म’मा यहि फरक छ’ (भिडियोसहित)

२२ भाद्र २०७३, बुधबार ११:५१

मेरो एउटा पुच्छर छ

चार खुट्टामा म देखिएको छु ।

तर पनि म मानव भन्दा सर्वश्रेष्ठ छु 

किनकी

म मा इमान्दारीता छ , नैतिकता छ ।

चे भनरे बोलाउँदैमा मलाई फरक पर्दैन 

किनकी मलाई बोलाउने भाषा हो

तर विडम्बना 

म भन्नेहरुमा मसँग तुलना गर्ने

गुणहरु छैनन् ।

राष्ट्रसेवकको पद धारण गरेका उनीहरु 

र 

ममा एक चिज फरक छ 

मेरो पुच्छरले झिंगा भगाउँछ

उनीहरुको नदेखिएको पुच्छरले 

देशको शान्ति भगाएको छ ।

सरकारी अड्डा भ्रष्टाचारमय बनाएको छ

राजनीतिको व्यथितिले देशलाई कुरुप बनाएको छ ।

मेरो इमान्दारीतामाथि कसैले संखा गर्दै

तर

राष्ट्र सेवक भनिएकाको इमान्दारीतामा पटक पटक प्रश्न चिन्ह उठिरहेको छ

किनकी 

मलाई जे दिन्छन, जहाँ राख्छन् 

त्यसैमा म सन्तुष्ट छु , खुसी छु ।

तर 

म राष्ट्रसेवक  भन्नेहरु

दिन दुइ र रात चार गुणा कमाउने धन्दामा छन् ।

सरकारी अड्डालाई राजनीतिक अखडा बनाएका छन्

केबल औपचारिक रुपमा झण्डा गाड्न मात्र बाँकी छ ।


शुसानमा म लिप्त छु

 म भनिनेहरुमा नैतिकता हराएको छ,

सेवालाई कमाउने थलो बनाएका छन् ।

तर म कहिल्यै आफ्नो सेवालाई

कमाउने भाँडोका रुपमा प्रयोग गरिन 

कहिल्यै मालिकमाथि बइमानीको मनाशय राखिन

सधै मालिकको सेवामा म लुप्त रहेँ 

त्यसैले म सर्वश्रेष्ठ छु ।

मालिकले फालेको जुठो खाएर जिन्दगी चलाएको म 

र 

मालिकले गाँस काटेर पालेका

 हेर्दा दुई खुट्टे देखिएता पनि व्यवहारमा चार खुट्टे भएका 

ममा कहिल्यै नैतिकता, इमान्दारीता देखिएन ।

केबल जालझेल, अल्छीपन, ठग्नेपन बाहेक ।

म निदाएर पनि सेवामा खटिएको हुन्छु

उनीहरु व्यूझिएर पनि सेवामा खटिन सकेका छैनन् ।

म मालिकलाई चोर आए खबर गर्छु

उनीहरु मालिकलाई आफै चोर बनेर लुटिरहेका छन् ।

मेरो तलब

विहान बेलुकाको एक मुठी जुठो खाना छ

तर 

उनीहरुलाई कुकरमा पाकेको मसिनो जिराको चामल छ 

तर पनि

इमान्दारीता उनीहरु खुलेआम लिलाम गरेका छन् ।

मालिकलाई जोगी बनाउनको लागि तल्लीन छन् ।

किनकी 

उनीहरुलाई मालिकको मालिक बन्न मन छ ।

आखिर 

म र ममा यहि फरक छ

म र ममा यहि फरक छ ।


महेन्द्र केसी 
पर्वत ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का