दिपा नेपाल, ओखलढुंगा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपा नेपाल, ओखलढुंगा"/>
२०८२, २ चैत्र सोमबार
ओखलढुङ्गा - OKL

“ऊन्मुक्ति”

२०७३, २७ भाद्र सोमबार ०६:२४


दिपा नेपाल, ओखलढुंगा | 

रोईरहेका आत्माहरु 

र 

अट्टहांस छरिरहेका 

राक्षसी हृदयहरुको समागममा 

अस्तित्व जोगाईदिन लागीपरेका 

एक हुल अधिकारकर्मीले 

जोगाईदिन नसकेका अधिकारहरु 

नियालीरहेको मेरो गाऊं ! 

अंगेनाको छेऊमा रगतको आहाल बसाएर, 

कलिलैमा निमोठिएको छोरीको अस्मिता 

हेर्न नसकेर भक्कानीएकी उसकी जननी ! 

लज्जित भई आफ्नै प्रतिबिम्ब 

नियाल्न नसकीरहेको 

अनी 

छचल्कीरहेका दुई चक्षु 

केवल देखीरहेछन 

समानता र समावेशी समाजको सपना !! 


छाउनेछ नयाँ बिहानी, 

उदाउनेछ समाबेशि रवि, 

उठ्नेछन प्रत्येक चुलाहरु, 

पलाउनेछन् नयाँ शिराहरु, 

खुल्नेछन् समानताका ढोकाहरु, 

जुर्मुराउनेछन् नाङ्गा अनि भोकाहरु, 

साकार हुनेछ सपना 

जब 

मुस्कुराउनेछन् आमाछोरि 

र 

समस्त नारिहरु !! 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा