दिपा नेपाल, ओखलढुंगा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपा नेपाल, ओखलढुंगा"/>
१ माघ २०८२, बुधबार
ओखलढुङ्गा - OKL

“ऊन्मुक्ति”

२७ भाद्र २०७३, सोमबार ०६:२४


दिपा नेपाल, ओखलढुंगा | 

रोईरहेका आत्माहरु 

र 

अट्टहांस छरिरहेका 

राक्षसी हृदयहरुको समागममा 

अस्तित्व जोगाईदिन लागीपरेका 

एक हुल अधिकारकर्मीले 

जोगाईदिन नसकेका अधिकारहरु 

नियालीरहेको मेरो गाऊं ! 

अंगेनाको छेऊमा रगतको आहाल बसाएर, 

कलिलैमा निमोठिएको छोरीको अस्मिता 

हेर्न नसकेर भक्कानीएकी उसकी जननी ! 

लज्जित भई आफ्नै प्रतिबिम्ब 

नियाल्न नसकीरहेको 

अनी 

छचल्कीरहेका दुई चक्षु 

केवल देखीरहेछन 

समानता र समावेशी समाजको सपना !! 


छाउनेछ नयाँ बिहानी, 

उदाउनेछ समाबेशि रवि, 

उठ्नेछन प्रत्येक चुलाहरु, 

पलाउनेछन् नयाँ शिराहरु, 

खुल्नेछन् समानताका ढोकाहरु, 

जुर्मुराउनेछन् नाङ्गा अनि भोकाहरु, 

साकार हुनेछ सपना 

जब 

मुस्कुराउनेछन् आमाछोरि 

र 

समस्त नारिहरु !! 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का