३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रचण्डले सरकारसँग बिचौलियाको स्वार्थ अनुरूप गभर्नर नियुक्ति गर्ने प्रक्रिया बन्द गर्न आग्रह गरे

४ बैशाख २०८२, बिहीबार १२:१५

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नरमा पार्टीमा नभई बिचौलियाको बीचमा भागबण्डा नमिलेको आरोप लगाएका छन्। बिहीबार मधेस जागरण अभियानअन्तर्गत भैरहवा पुगेका बेला प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुन बिचौलिया समूहको गभर्नर हुने भन्ने कुरा टुङ्गिन नसकेकाले नियुक्ति हुन ढिलाई भएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले राम्रो काम गर्ने कर्मचारीलाई अपमानित गरेर निकाल्ने र आफूले भनेको काम गर्ने कर्मचारीलाई राजनीतिक भर्ती गर्न लागेको उल्लेख गरे। ‘बिचौलियाहरूले कहिले कांग्रेसलाई पक्रेका छन्, कहिले एमालेलाई पक्रेका छन् । गभर्नर जस्तो पद देशको अर्थतन्त्रलाई नियमन गर्ने, नियमित गर्ने, सन्तुलित बनाउने महत्त्वपूर्ण, संवेदनशील ठाउँ हो। हामीले गभर्नर नियुक्तिमा बिचौलियाको चलखेल बन्द गर भनेका छौं । योग्य व्यक्तिलाई गभर्नर नियुक्ति गर्न भनेका हौँ,’ उनले भने।

प्रचण्डले बिचौलियाको स्वार्थ अनुरूप गभर्नर नियुक्ति गर्ने प्रक्रिया बन्द गर्न सरकारसँग आग्रह गरे। ‘जसरी लोडसेडिङको अन्त्य गर्न कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि एउटा परिणाम निकालिएको थियो । त्यसरी नै गभर्नर नियुक्ति हुनुपर्‍यो ।’प्रचण्डले अहिले अर्थतन्त्रमा देखिएको सबै समस्या समाधानको लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’