२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन : आफ्नै गाउँ फर्किए, गाउँपालिकाद्एवारा एक लाख प्रदान

५ बैशाख २०८२, शुक्रबार २१:५७
खोटाङ । अठार वर्ष पहिले बसाइँ सरेर जानुभएका बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वेदबहादुर खड्का पुनः परिवारसहित गाउँ फर्किएपछि गाउँपालिकाले रु एक लाख प्रोत्साहन रकम प्रदान गरेको छ । उहाँ २०६३ सालमा सप्तरीको सप्तकोशी नगरपालिकाको बलार्दह बसाइँ सरेर जानुभएको थियो ।  खड्का अहिले परिवारसहित पुनः आफ्नै गाउँ फर्किनुभएको हो ।
गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बिहीबार खड्काको घरमै पुगेर प्रोत्साहन रकमको चेक हस्तान्तरण गर्नुभएको हो । आफ्नो जन्मभूमिप्रतिको माया र छरछिमेकको सद्भाव विर्सन नसकेर पुनः आफ्नै गाउँ फर्किएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बसाइँ सरेर गए पनि यहाँको जग्गा बेचेको थिइनँ । बाँझिएको जमिन खनजोत सुरु गरेका छौँ ।”
गाउँ फर्किए लगत्तै घर निर्माण गर्नुभएका खड्काले आफ्नो परिवारलाई पुनः स्थापित गराउन गाउँपालिकाले ठूलो सहयोग गरेको बताउनुभयो ।
गाउँपालिकाले हरेक वडामा पूर्वाधार निर्माण गरिरहेको छ । “अब सुविधाको खोजीमा कोही बसाइँ सरेर अन्यत्र जानुपर्दैन । यसअघि गएकालाई गाउँ फर्क अभियान चलाएका छौँ”, अध्यक्ष बञ्जराले भन्नुभयो ।
पछिल्लो समय सुविधाको खोजीमा बसाइँसराइ गर्नेहरुका कारण बर्सेनि जनङ्ख्या घट्दै जान थालेपछि जिल्लाका अन्य स्थानीय तहले पनि ‘गाउँ फर्क अभियान’ चलाएका छन् । पछिल्लो समय जिल्लाका १० वटै स्थानीय तहले  विकासमा फड्को मारे पनि त्यहाँका स्थानीयवासी भने, सुविधाको खोजिमा सहर पस्ने क्रम तीव्र छ । शैक्षिक क्षेत्रको सुधारका लागि सामुदायिक विद्यालयमा ठूल्ठूला भवन निर्माण गरिएका छन् । बसाइँसराइका कारण विद्यार्थी अभाव हुँदा ती विद्यालय भवन प्रयोगविहीन हुने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा