२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पर्वतमा युवा संघको विवादले झडप ,एमाले प्रदेश सदस्य पौडेल घाइते

२४ बैशाख २०८२, बुधबार १४:५६

काठमाडौँ | राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने, नगर्ने विषयमा उत्पन्न विवादले झडप भएको छ । युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका हुन् ।

एमाले पर्वत जिल्ला कार्यालयमा डाकिएको अधिवेशन एउटा पक्ष रोक्ने पक्षमा थियो भने एउटा पक्ष जसरी पनि गर्ने अडानमा थियो । केन्द्रीय सदस्य पौडेल, युवा संघ जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकालीले रोक्नुपर्छ भन्ने पक्षमा थिए ।

पार्टी गोविन्द गिरीको पहलमा फेरि भेला राखेर अधिवेशन हुने बेलामा जिल्ला अध्यक्ष, सचिवसहित पौडेल पनि कार्यक्रम गर्न नहुने पक्षमा गएपछि झडपको अवस्था सिर्जना भएको हो । विवादका कारण पौडेलमाथि प्रहार भएर अस्पताल नै भर्ना भएका छन् ।

राष्ट्रिय युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन हुँदैछ । त्योभन्दा अगाडि नै जिल्ला कमिटी तथा प्रतिनिधि छनोट गर्नुपर्ने भएका कारण केन्द्रकै निर्देशनमा आयोजक कमिटी गठन गर्ने भन्दै भेला डाकिएको थियो ।

पौडेललगायतले कार्यक्रम रोक्नुपर्ने भन्दै आफैंमाथिसमेत आक्रमणको प्रयास भएपछि कार्यकर्ताले प्रतिरक्षा रहेको एमाले जिल्ला अध्यक्ष गोविन्द गिरीले बताए । ‘यो अधिवेशन रोक्नुपर्छ भनेर पौडेलसहित टोली आएर ममाथि पनि जाइहाल्ने काम भयो । यो अधिवेशन होइन, विस्तारित बैठक हो,’ गिरीले भने, ‘अहिले कार्यक्रम भइरहेको छ, सामान्य विवाद भएको हो ।’

केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्जार्च पर्वत भण्डारीले चैत १५ गतेभित्र अधिवेशनका लागि समयसीमा तोकिएको र त्यो अवधिमा पनि नभएपछि जिल्ला इन्चार्जकै संयोजकत्वमा आयोजक कमिटी बनाउने निर्णय भएको बताए ।

‘असमझदारीका कारण विवाद उत्पान्न भएको हो । केन्द्रीय कमिटीले आयोजक कमिटी बनाऔं भनेर निर्णय गरेका हौं । पूर्व केन्द्रिय सदस्य पौडेल र बाहिरका व्यक्ति पनि आएर विथोल्ने प्रयास भएपछि विवाद भएको हो,’ भण्डारीले भने, ‘पर्वतमा समयमा अधिवेशन हुन सकेको थियो । आजको विस्तारित बैठकले आयोजक कमिटी बनाउँछ ।’

आयोजक कमिटी बनाउने योजनासहित कार्यक्रम भइरहेको भए पनि युवा संघ जिल्ला अध्यक्ष विनोद थापाले बहिस्कार नै गरेका छन् । गण्डकी इन्चार्ज भण्डारीले जिल्ला अध्यक्ष थापा सम्पर्कमा नै नरहेको बताए ।

एउटा समूहको विरोधकाबीच कार्यक्रम भने अहिले भइरहेको जिल्ला अध्यक्ष गिरीले जानकारी दिए । एउटा समूहले भने विधि मिचेर अधिवेशन डाकिएको र आफूहरूमाथि सुनियोजित रुपमा हमला गरिएको बताएका छन् ।

पर्वतबाट निर्वाचित प्रदेश सभा सदस्य भक्त कुँवरले एउटा समूहको असहमतिकाबीच कार्यक्रम राखिएपछि आक्रमण नै हुनेगरी विवाद उत्पन्न भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता