2026-09-20 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत–पाकिस्तान तनावपछि गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौँ । भारत–पाकिस्तानबीच बढेको तनावपछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार दिउँसोको बसेको बैठकमा तीन सुरक्षा प्रमुख र नेपाली सेनाका रथी निर्मलकुमार थापा सहभागी थिए। नेपाल प्रहरीका आईजीपी दीपक थापा, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए।

छलफलमा भारत पाकिस्तानको तनावका कारण नेपालमा हुनसक्ने सुरक्षा चुनौती र त्यसका लागि नेपालले अपनाउनु पर्ने सतर्कताका बारेमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ। परिस्थितिलाई नजिकबाट नियाल्ने र आवश्यकता अनुसार योजना बनाउँदै जाने, अहिलेलाई सुरक्षामा निगरानी बढाउने निर्णय भएको छ।

मंगलबार रातिदेखि भारत–पाकिस्तानबीच तनाव बढेको छ। उक्त तनावका कारण ती देशमा रहेका नेपाली नागरिकको सुरक्षाको विषयमा पनि छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्न भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदान गरिरहेको पनि सहप्रवक्ता थापाले बताए। उनका अनुसार एउटा बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिरहेको छ। अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयले विशेष निर्देशन पनि दिएको छ।

सीमा ईलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरुको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भईरहेको छ। सम्भावित संकित स्थानहरुमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्य समेत गरिराखेकोसशस्त्रको दाबी छ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरेर सीमामा आवतजावत गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाईका साथ गरिरहेको दाबी थापाले गरे।
शहरी क्षेत्रका सुरक्षा चुनौती हुनसक्ने ठाउँहरुमा पनि निगरानी बढाएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो