२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत र पाकिस्तानबीचको युद्धका कारण नेपाल आउने र विदेशिने जहाजमा अतिरिक्त समयभार

२०८२, २६ बैशाख शुक्रबार १४:०१

काठमाडौँ । भारत र पाकिस्तानबीचको तनावका कारण नेपाल आउने र जाने उडान प्रभावित हुन थालेका छन् । गत बुधबार (वैशाख २४ गते) बिहान भारतले हवाई आक्रमणपछि दुई देशबीच तनाव सुरु भएको थियो । दुई देशबीचको तनावका कारण नेपाल आउने र यहाँबाट विदेशिने जहाजमा अतिरिक्त समय र भार थपिएका छन् ।

यसले उडान तालिका प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विशेष गरी, मध्यपूर्व र युरोपको जहाज एक घण्टा ढिलो भइरहेको कार्यालयले जनाएको छ । “मध्यपूर्व र युरोपबाट आउने जहाज एक घण्टा डिले भइरहेको छ,” उनले भने, “भाडादरमा ठ्याक्कै परिवर्तन देखिएको छैन ।” अहिले पाकिस्तान हुँदै आउने जहाजले त्यहाँको आकाश प्रयोग गरेका छैनन् । यसले गर्दा एक घण्टा ढिला भएको निरौला बताउँछन् ।

“पाकिस्तानको आकाश प्रयोग गर्न नपाएपछि घुमेर भारतको क्षेत्र हुँदै आउनुपरेको छ,” उनले भने, “युरोप तथा मध्यपूर्वबाट आउने उडान समस्या परेका छन् ।” युरोप तथा मध्यपूर्वबाट नेपाल आउने र जान गरी करिब १५ जहाजको उडान समय लम्बिएको निरौलाले बताए ।
मध्यपूर्वबाट कतार एयरवेज, फ्लाई दुबई, जजिरा र कुवेत एयरवेज एयर अरेबियालगायत विमानले नेपाल उडान गरिरहेका छन् ।

तनावअघि इरान, अफगानिस्तान, पाकिस्तान हुँदै दिल्लीको हवाई रुटमार्फत उडान गर्न छोटो रुट हुन्थ्यो । पाकिस्तान र भारतबीचको तनावपछि हाल कतारबाट दुबई, ओमन हुँदै अरबियन सागर, मुम्बई हुँदै नेपाल भित्रिने र बाहिरिने गर्न थालेका छन् ।

नेपालबाट बाहिरिन सिमरा हुँदै भारतको लखनऊ, मुम्बई हुँदै अरेबियन सागरतर्फ मोडिने गरेको महाप्रबन्धक निरौलाले जनाए । उडान समय लम्बिए पनि भाडादरमा हालसम्म परिवर्तन नभएको निरौलाले बताए । “युद्ध भर्खरै सुरु भएका कारण भाडादरमा परिवर्तन भएको भन्ने सूचना पाएको छैन,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट