२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पहलगामको आक्रमणमा ज्यान गुमाएका सुदीपको परिवारसंग भारतीय राजदूत श्रीवास्तवले भेट गरेका छन्

२०८२, २८ बैशाख आईतवार १६:३९

काठमाडौँ । नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले आतंकवादी आक्रमणमा मारिएका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन्। राजदूत श्रीवास्तवले रुपन्देहीस्थित सुदीपको घरमा पुगेर उनका परिवारलाई भेटेका हुन्।

भेटमा उनले सुदीपप्रति संवेदना व्यक्त गर्दै दोषीहरूलाई कठघरामा ल्याउन भारत सरकार दृढ रहेको बताएका थिए। उनले पीडित परिवारहरूलाई न्याय दिलाइछाड्ने बताएको भारतीय दूतावासले जनाएको छ।

गत २२ अप्रिलमा भारतको पहलगाममा आतंकवादी आक्रमण हुँदा २६ जनाको ज्यान गएको थियो। जसमा सुदीप न्यौपाने एक थिए। घुम्नका लागि पहलगाम पुगेका बेला उनीमाथि हतियारधारी समूहले गोली हानी हत्या गरेको थियो।

भारतले त्यसविरुद्ध ‘सिन्दुर अपरेसन’ अभियान सञ्चालन गरी पाकिस्तानमा अखडा बनाएर बसेका आतंकवादीहरू केन्द्रित मिसाइल प्रहार गरेको थियो। उक्त आक्रमणमा आतंकवादी संरचनालाई परास्त गरेको भारतले दाबी गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति