६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘लुम्बिनी एक धार्मिक स्थल मात्र होइन, यो शान्ति, करुणा र मानवताको प्रतीक हो’:प्रधानमन्त्री ओली

२९ बैशाख २०८२, सोमबार १२:५१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको समग्र विकासमा संघीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मूल समारोहलाई लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सभा हलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीलाई ‘विश्व शान्तिको केन्द्र’ र ‘ध्यान साधनाको थलो’का रूपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नेुपर्ने बताएका छन्।

समारोहमा प्रधानमन्त्री ओलीले बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै यसको कार्यान्वयनमा सरकार दृढ रहेको बताए। ‘लुम्बिनी एक धार्मिक स्थल मात्र होइन, यो शान्ति, करुणा र मानवताको प्रतीक हो। यसलाई विश्व बौद्ध तीर्थ केन्द्र बनाउने हाम्रो दायित्व हो,’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले गौतम बुद्धका उपदेशहरू आजको अशान्त र द्वन्द्वग्रस्त विश्वमा अझ बढी सान्दर्भिक रहेको बताए।

‘बुद्धका शिक्षाहरू- शान्ति, सहिष्णुता, करुणा र मानवताको मुल आधार हुन्,’ उनले भने, ‘यी मूल्यहरू आत्मसात् नगरी विश्वमै शान्ति सम्भव छैन।’ भारत–पाकिस्तानबीच हालै उत्पन्न तनावको सन्दर्भ प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले नेपालले संयमित व्यवहार र संवादमार्फत समस्या समाधानको आग्रह गरेको उल्लेख गरे। ‘हामीले बुद्धका सन्देशअनुसार संयम र संवादको मार्ग रोज्न आग्रह गर्‍यौँ,’ उनले भने।

प्रधानमन्त्रीले बुद्ध दर्शनको गहिरो अध्ययन, अनुसन्धान र प्रचारप्रसारका लागि स्थापना गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशेष रूपमा उल्लेख गर्दै यस संस्थाले विश्वभर बुद्धका विचार फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले विश्वविद्यालयमार्फत अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत बुद्ध दर्शन अध्ययन गर्न आकर्षित गर्न सकिने धारणा राखे। भिक्षु आनन्दप्रति श्रद्धा प्रकट गर्दै प्रधानमन्त्री ओलीले त्रिपिटकलाई भोजपत्रमा लिपिबद्ध गरी सुरक्षित राखिएको ऐतिहासिक कार्यको स्मरण गरे।

‘त्रिपिटकको पहिलो लिपि अहिले पनि लुम्बिनी संग्रहालयमा सुरक्षित छ, जुन हाम्रो ऐतिहासिक र धार्मिक सम्पदाको जीबित उदाहरण हो,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले बुद्धका शिष्यहरूले शान्ति, करुणा र अहिंसाको प्रचारमा खेलेको भूमिकाको प्रशंसा गर्दै आजको समाजलाई पनि ती मूल्यहरू व्यवहारमा उतार्न प्रेरित गर्नुपर्ने आवश्यकता रहेको बताए।

‘हामी सबैले मैत्रीभाव, करुणा र अहिंसाको मार्ग अँगाल्नु आजको आवश्यकता हो,’ उनले भने। प्रधानमन्त्रीको सम्बोधनपछि समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा संघीय तथा प्रदेश सरकारका मन्त्रीहरू, सासंदहरु , बिभिन्न देशका प्रतिनिधि , राजदूतहरू, भिक्षु, भिक्षुणी, उपासक-उपासिका, बुद्ध अनुयायीहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का