२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत र पाकिस्तानले हामीसँग लडाइँमा नजाने प्रतिबद्धता जनाएक थिय,त्यसैले युद्ध भएन : प्रधानमन्त्री ओली

२०८२, २९ बैशाख सोमबार १४:४६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच युद्ध नहोस् भन्ने आफूहरुको चाहनामा पूरा भएको बताएका छन् । सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले बुद्धका उपदेशहरू आज पनि विश्वका लागि महत्वपूर्ण र सान्दर्भिक रहेको बताए ।

केही दिनअघि छिमेकी मुलुकहरु भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति आएको भए पनि त्यसले लडाइँको रूप लिन नपाएको भन्दै उनले नेपालले सुरुबाटै यो अवस्था युद्धमा परिणत नहोस् भन्ने चाहेर भारत पाकिस्तानसँग कुराकानी पनि गरेको र ति देशहरुले लडाइँमा नजाने प्रतिबद्धता जनाएको तर्क गरे ।

‘केही दिनअघि हाम्रो छिमेकमै अलिकति हात हालाहालको स्थिति आयो। तर त्यसले लडाइँको रूप लिन पाएन। संयमता अपनाउनु भएकोमा उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। हामीले सुरुबाटै भन्यौँ– यो अवस्था विस्तार नहोस्, युद्धमा परिणत नहोस् । त्यसैअनुसार उहाँहरूसँग कुराकानी पनि गर्‍यौँ । उहाँहरूले लडाइँमा नजाने प्रतिबद्धता जनाउनुभयो,’ ओलीले भने । वुद्धको शान्तिको सन्देश विश्वभर अहिले अझै सान्दर्भिक भएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति