२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङको विमानस्थल विस्तारका लागि नेताहरुले आश्वासन मात्रै दिए :सांसद गिरी

२०८२, ३० बैशाख मंगलवार १२:०९

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको विमानस्थल विस्तारका लागि नेताहरुले आश्वासन मात्रै दिएको भन्दै आक्रोस पोखेका छन्। मंगलबार प्रतिधिसभाको बैठकमा बोल्दै उनले देशकै पुरानो विमानस्थल भए पनि अहिले थकित मुद्रामा रहेको उल्लेख गरे। ‘टरिगाउँ एयरपोर्ट जसको इतिहास लामो छ,२०११ सालमा सुरु भएको एरपोर्टले जनतालाई धेरै सहयोग गर्‍यो,’ गिरीले भने, ‘सबैलाई सेवा गरेको एयरपोर्ट आज थकित मुद्रामा छ।’

हरेक बजेट भाषणमा विमानस्थल बनाउने कुरा आए पनि बजेट भने नआउने गरेको उनको आरोप छ। ‘प्रकाशरण महत अर्थमन्त्री हुँदा, वर्षमान अर्थमन्त्री हुँदा र अहिले विष्णु पौडेल अर्थमन्त्री हुनुहुन्छ,’ सांसद गिरीले भने, ‘सधै दाङको टरिगाउँ एरपोर्ट यो सरकारले बनाउँछ, बन्नेछ भनेर बजेट भाषणमा प्रस्तुत हुन्छ। तर, टरिगाउँ एरपोर्ट सधै त्यस्तै थकित छ।’

विमानस्थलको धानमार्ग अहिले ७५० मिटर मात्रै रहेको र त्यसलाई विस्तार गर्न ३ अर्ब ४२ करोड चाहिने भन्दै त्यो यसपालीको बजेटमा बिनियोजन गर्न समेत उनले माग गरे। ‘७५० मिटर लामो धावन मार्ग छ, जसलाई १५०० चहिएको छ,’ गिरीले भने, ‘मैले यो सदनलाई देखाउन यो डीपीआर पनि बोकेर आएको छ। त्यसका लागि ३ अर्ब ४२ करोड चाहिन्छ। त्यो बिनियोजन हुनुपर्‍यो।’

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले दाङ पुगेर विमानस्थल बनाउने भाषण गरे पनि यस्तो नभएको भन्दै उनले आलोचना गरे। ‘उहाँहरु गएर जनतालाई सम्बोधन गर्नुुहुन्छ– तपाईंको एरपोर्ट बन्छ। यसै साल बन्छ भनेर सम्बोधन गर्नुहुन्छ,’ गिरीले भने, ‘अनि यहाँ आयो फुस्सा। अनि गाली खाने यही प्रतिनिधि। यही जनताको प्रतिनिधि।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला