३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङको विमानस्थल विस्तारका लागि नेताहरुले आश्वासन मात्रै दिए :सांसद गिरी

३० बैशाख २०८२, मंगलवार १२:०९

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको विमानस्थल विस्तारका लागि नेताहरुले आश्वासन मात्रै दिएको भन्दै आक्रोस पोखेका छन्। मंगलबार प्रतिधिसभाको बैठकमा बोल्दै उनले देशकै पुरानो विमानस्थल भए पनि अहिले थकित मुद्रामा रहेको उल्लेख गरे। ‘टरिगाउँ एयरपोर्ट जसको इतिहास लामो छ,२०११ सालमा सुरु भएको एरपोर्टले जनतालाई धेरै सहयोग गर्‍यो,’ गिरीले भने, ‘सबैलाई सेवा गरेको एयरपोर्ट आज थकित मुद्रामा छ।’

हरेक बजेट भाषणमा विमानस्थल बनाउने कुरा आए पनि बजेट भने नआउने गरेको उनको आरोप छ। ‘प्रकाशरण महत अर्थमन्त्री हुँदा, वर्षमान अर्थमन्त्री हुँदा र अहिले विष्णु पौडेल अर्थमन्त्री हुनुहुन्छ,’ सांसद गिरीले भने, ‘सधै दाङको टरिगाउँ एरपोर्ट यो सरकारले बनाउँछ, बन्नेछ भनेर बजेट भाषणमा प्रस्तुत हुन्छ। तर, टरिगाउँ एरपोर्ट सधै त्यस्तै थकित छ।’

विमानस्थलको धानमार्ग अहिले ७५० मिटर मात्रै रहेको र त्यसलाई विस्तार गर्न ३ अर्ब ४२ करोड चाहिने भन्दै त्यो यसपालीको बजेटमा बिनियोजन गर्न समेत उनले माग गरे। ‘७५० मिटर लामो धावन मार्ग छ, जसलाई १५०० चहिएको छ,’ गिरीले भने, ‘मैले यो सदनलाई देखाउन यो डीपीआर पनि बोकेर आएको छ। त्यसका लागि ३ अर्ब ४२ करोड चाहिन्छ। त्यो बिनियोजन हुनुपर्‍यो।’

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले दाङ पुगेर विमानस्थल बनाउने भाषण गरे पनि यस्तो नभएको भन्दै उनले आलोचना गरे। ‘उहाँहरु गएर जनतालाई सम्बोधन गर्नुुहुन्छ– तपाईंको एरपोर्ट बन्छ। यसै साल बन्छ भनेर सम्बोधन गर्नुहुन्छ,’ गिरीले भने, ‘अनि यहाँ आयो फुस्सा। अनि गाली खाने यही प्रतिनिधि। यही जनताको प्रतिनिधि।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’