२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाकी सांसद नेपालीको टिप्पणी-‘विश्व व्यवस्था र अर्थतन्त्रको सिको गर्न खोज्दा नेपाल ग्रे लिष्टमा’

२०८२, ३० बैशाख मंगलवार १३:४५

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की सांसद अनिशा नेपालीले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधिजस्तो भएको टिप्पणी गरेकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन् ।

विश्व व्यवस्था र अर्थतन्त्रको सिको गर्न खोज्दा नेपाल ग्रे लिष्टमा परेको उनको टिप्पणी छ । उनले मुलुकमा देखिएका समस्या समाधान गर्ने नाममा एकात्मक राज्यलाई संघात्मकतिर लैजानु घातक रहेछ भन्ने कुरा प्रष्ट भएको जिकिर गरिन् ।

वर्तमान व्यवस्था अग्रगमन नभएर प्रतिगमन भएको उनको भनाइ छ । उहाँले शासन प्रणालीको छनौट, प्रतिनिधित्वको प्रणाली चयन, सरकारको स्वरुप निर्धारण र आर्थिक, सामाजिक, राजनीतिक अधिकारको समुचित बाँडफाँट हुनुपर्नेमा त्यस्तो नभएको बताइन् ।

उनले भने,’अहिले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधि जस्तै हुँदैछ सभामुख महोदय । विश्वको सिको गर्न खोज्दा आज नेपाल ग्रे लिष्टमा पर्यो । समस्या समाधान गर्ने नाममा एकात्मक राज्यलाई संघात्मकतिर लैजानु घातक रहेछ भन्ने कुरा प्रष्ट देखिएको छ । यो व्यवस्था अग्रगमन नभएर प्रतिगमन हो । सर्वप्रथम त राज्यको पुनःसंरचना गर्ने भनेपछि त्यसलाई विभिन्न कुराले प्रभाव पारेको हुन्छ सभामुख महोदय । शासन प्रणालीको छनौट, प्रतिनिधित्वको प्रणाली चयन सरकारको स्वरुप निर्धारण र आर्थिक, सामाजिक, राजनीतिक अधिकारको समुचित बाँडफाँट हुनुपर्ने हो । तर यहाँ त्यस्तो देखिँदैन ।’

उनले सरकारले फरक विचार बोकेकै कारण तीनकुने घटनापछि राप्रपा नेताहरुलाई थुनेको भन्दै आपत्ति जनाइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला