४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाकी सांसद नेपालीको टिप्पणी-‘विश्व व्यवस्था र अर्थतन्त्रको सिको गर्न खोज्दा नेपाल ग्रे लिष्टमा’

३० बैशाख २०८२, मंगलवार १३:४५

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की सांसद अनिशा नेपालीले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधिजस्तो भएको टिप्पणी गरेकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन् ।

विश्व व्यवस्था र अर्थतन्त्रको सिको गर्न खोज्दा नेपाल ग्रे लिष्टमा परेको उनको टिप्पणी छ । उनले मुलुकमा देखिएका समस्या समाधान गर्ने नाममा एकात्मक राज्यलाई संघात्मकतिर लैजानु घातक रहेछ भन्ने कुरा प्रष्ट भएको जिकिर गरिन् ।

वर्तमान व्यवस्था अग्रगमन नभएर प्रतिगमन भएको उनको भनाइ छ । उहाँले शासन प्रणालीको छनौट, प्रतिनिधित्वको प्रणाली चयन, सरकारको स्वरुप निर्धारण र आर्थिक, सामाजिक, राजनीतिक अधिकारको समुचित बाँडफाँट हुनुपर्नेमा त्यस्तो नभएको बताइन् ।

उनले भने,’अहिले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधि जस्तै हुँदैछ सभामुख महोदय । विश्वको सिको गर्न खोज्दा आज नेपाल ग्रे लिष्टमा पर्यो । समस्या समाधान गर्ने नाममा एकात्मक राज्यलाई संघात्मकतिर लैजानु घातक रहेछ भन्ने कुरा प्रष्ट देखिएको छ । यो व्यवस्था अग्रगमन नभएर प्रतिगमन हो । सर्वप्रथम त राज्यको पुनःसंरचना गर्ने भनेपछि त्यसलाई विभिन्न कुराले प्रभाव पारेको हुन्छ सभामुख महोदय । शासन प्रणालीको छनौट, प्रतिनिधित्वको प्रणाली चयन सरकारको स्वरुप निर्धारण र आर्थिक, सामाजिक, राजनीतिक अधिकारको समुचित बाँडफाँट हुनुपर्ने हो । तर यहाँ त्यस्तो देखिँदैन ।’

उनले सरकारले फरक विचार बोकेकै कारण तीनकुने घटनापछि राप्रपा नेताहरुलाई थुनेको भन्दै आपत्ति जनाइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’