२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत-चिन सिमा विवाद-चीनले आफ्नो दाबी गर्दै आएको स्थानको नाम परिवर्तन,भारतको विरोध

२ जेष्ठ २०८२, बिहीबार १५:१५

भारतले आफ्नो सीमा भित्रका केही स्थानहरूलाई चीनले आफ्नो दाबी गर्दै ती भू–भागहरूको नाम परिवर्तन गर्ने कदमलाई अस्वीकार गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लि जियानले बुधबार पत्रकार सम्मेलनमा भारतको अरुणाञ्चल प्रदेशभित्र पर्ने केही भूभागहरूको नाम परिवर्तन गरी एकरुपता बनाइएको बताएका थिए । चीनले ती भू–भागहरू चीनको सम्प्रभूताअन्तर्गत पर्ने पनि बताए । चीनले भारतको अरुणाञ्चल प्रदेशलाई जंगनान भनेर सम्बोधन गर्छ र उसले यसलाई स्वःशासित प्रदेश तिब्बतको एक अभिन्न भाग मान्दै आएको छ ।

“नामकरणले अकाट्य तथ्य र यथार्थ परिवर्तन गर्न सकिँदैन । अरुणाञ्चल प्रदेश भारतको अभिन्न र अविच्छिन्न हिस्सा थियो, छ, र सधैँ रहनेछ,” भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार भने ।

गत वर्ष अप्रिलमा पनि चीनले यस्तै कदम चाल्दै अरुणाञ्चल प्रदेशका करिब ३० स्थानको नाम परिवर्तन गरेको थियो, जसलाई भारतले अर्थहीन भन्दै खारेज गरेको थियो र उक्त क्षेत्र भारतको अभिन्न हिस्सा हो भन्ने कुरामा जोड दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला