२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्ति मिसनहरूमा,१० हजार शान्ति सैनिक खटाउन नेपाल तयार :रक्षामन्त्री राई

३ जेष्ठ २०८२, शुक्रबार १६:४७

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले संयुक्त राष्ट्रसंघका शान्ति मिसनहरूमा आगामी दिनमा १० हजार शान्ति सैनिक खटाउन नेपाल तयार रहेको बताएका छन् । जर्मनीको बर्लिनमा वैशाख ३० र ३१ गते भएको ‘यूएन पिसकिमिङ मिनिस्टरियल, २०२५’ मा उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।

“उहाँ (रक्षामन्त्री)ले संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले सन् १९५८ देखि नै बिनाकुनै सर्त निरन्तर शान्ति सैनिकहरू खटाउँदै आएको र संयुक्त राष्ट्रसंघको अनुरोधमा नेपाल आगामी दिनमा १० हजारसम्म शान्ति सैनिकहरू खटाउन तयार रहेको प्रतिबद्धता जाहेर गर्दै नेपाल ‘र्‍यापिड डिप्लोयमेन्ट लेभल वर्कसप’ आयोजना गर्न समेत तयार रहेको कुरा व्यक्त गर्नुभयो,” रक्षा मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रक्षामन्त्री राई सहभागी भएका हुन् । सम्मेलनमा ८० भन्दा बढी देशका रक्षा तथा परराष्ट्रमन्त्रीहरूको सहभागिता रहेको थियो । उक्त उच्चस्तरीय सम्मेलनमा मन्त्री राईले नेपालको तर्फबाट मन्तव्य राख्दै संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति, सुरक्षा र मानवीय सहायताहरू सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।

सम्बोधनका क्रममा रक्षामन्त्री राईले नेपाली शान्ति सैनिकहरूले विश्व शान्तिमा उल्लेख्य योगदान पुर्‍याएको दाबी समेत गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपालको लामो समयदेखिको अविचलित प्रतिबद्धता रहेको कुरा जनाउँदै उनले हाल विभिन्न ११ वटा शान्ति मिसनहरूमा ६ हजारभन्दा बढी नेपाली शान्ति सैनिक खटिएको बताए । शान्ति सेना खटाउने मुलुकहरूमा नेपाल हाल पहिलो स्थानमा रहेको उनले जनाए ।

राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत उच्च नेतृत्व तहमा समेत रही नेपालले काम गर्ने अवसर प्राप्त गर्ने अपेक्षा उनले राखेका थिए ।

रक्षामन्त्री राईले संयुक्त राष्ट्रसंघको नेतृत्वमा शान्ति मिसनहरूको प्रभावकारिता अभिवृद्धिका लागि भइरहेका प्रयासहरूमा नेपालको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए । हाल शान्ति स्थापना कार्यको सुधार र सबलीकरणका लागि भइरहेका प्रयासहरूको उनले सराहना गरेका थिए ।

रक्षामन्त्री राईले शान्ति मिसनहरूमा महिलाहरूलाई सहभागी गराउने विषयलाई नेपालले उच्च महत्त्व र प्राथमिकता दिई कार्यान्वयन गर्दै आएको दाबी समेत गरेका थिए ।

राष्ट्रसंघीय शान्ति स्थापना कार्यलाई थप बलियो, सुरक्षित र प्रभावकारी बनाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने