२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्ति मिसनहरूमा,१० हजार शान्ति सैनिक खटाउन नेपाल तयार :रक्षामन्त्री राई

२०८२, ३ जेष्ठ शुक्रबार १६:४७

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले संयुक्त राष्ट्रसंघका शान्ति मिसनहरूमा आगामी दिनमा १० हजार शान्ति सैनिक खटाउन नेपाल तयार रहेको बताएका छन् । जर्मनीको बर्लिनमा वैशाख ३० र ३१ गते भएको ‘यूएन पिसकिमिङ मिनिस्टरियल, २०२५’ मा उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।

“उहाँ (रक्षामन्त्री)ले संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले सन् १९५८ देखि नै बिनाकुनै सर्त निरन्तर शान्ति सैनिकहरू खटाउँदै आएको र संयुक्त राष्ट्रसंघको अनुरोधमा नेपाल आगामी दिनमा १० हजारसम्म शान्ति सैनिकहरू खटाउन तयार रहेको प्रतिबद्धता जाहेर गर्दै नेपाल ‘र्‍यापिड डिप्लोयमेन्ट लेभल वर्कसप’ आयोजना गर्न समेत तयार रहेको कुरा व्यक्त गर्नुभयो,” रक्षा मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रक्षामन्त्री राई सहभागी भएका हुन् । सम्मेलनमा ८० भन्दा बढी देशका रक्षा तथा परराष्ट्रमन्त्रीहरूको सहभागिता रहेको थियो । उक्त उच्चस्तरीय सम्मेलनमा मन्त्री राईले नेपालको तर्फबाट मन्तव्य राख्दै संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति, सुरक्षा र मानवीय सहायताहरू सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।

सम्बोधनका क्रममा रक्षामन्त्री राईले नेपाली शान्ति सैनिकहरूले विश्व शान्तिमा उल्लेख्य योगदान पुर्‍याएको दाबी समेत गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपालको लामो समयदेखिको अविचलित प्रतिबद्धता रहेको कुरा जनाउँदै उनले हाल विभिन्न ११ वटा शान्ति मिसनहरूमा ६ हजारभन्दा बढी नेपाली शान्ति सैनिक खटिएको बताए । शान्ति सेना खटाउने मुलुकहरूमा नेपाल हाल पहिलो स्थानमा रहेको उनले जनाए ।

राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत उच्च नेतृत्व तहमा समेत रही नेपालले काम गर्ने अवसर प्राप्त गर्ने अपेक्षा उनले राखेका थिए ।

रक्षामन्त्री राईले संयुक्त राष्ट्रसंघको नेतृत्वमा शान्ति मिसनहरूको प्रभावकारिता अभिवृद्धिका लागि भइरहेका प्रयासहरूमा नेपालको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए । हाल शान्ति स्थापना कार्यको सुधार र सबलीकरणका लागि भइरहेका प्रयासहरूको उनले सराहना गरेका थिए ।

रक्षामन्त्री राईले शान्ति मिसनहरूमा महिलाहरूलाई सहभागी गराउने विषयलाई नेपालले उच्च महत्त्व र प्राथमिकता दिई कार्यान्वयन गर्दै आएको दाबी समेत गरेका थिए ।

राष्ट्रसंघीय शान्ति स्थापना कार्यलाई थप बलियो, सुरक्षित र प्रभावकारी बनाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी