काठमाडौँ | ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ७६ वर्षीय नरबिर राईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
राईले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-१२ बाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग काठमाडौँ पठाइएको छ।