२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएको : योगेश भट्टराई

७ जेष्ठ २०८२, मंगलवार १५:३४

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ को निर्वाचनअघिसम्म वर्तमान गठबन्धन कायमै रहने दाबी गरेका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले सो दाबी गरेका हुन् ।

कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएकाले ०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन कायमै रहने उनले बताए । कांग्रेस–एमाले ठूलो पार्टी भएकाले गठबन्धनमा कहिलेकाहीँ अनुकूलता र प्रतिकूलता हुने उनको भनाइ छ ।

दुई दलले समान हिस्सेदारी खोज्नु स्वाभाविक भएको उनको तर्क छ । भट्टराईले वर्तमान सरकार गलत ट्रयाकमा नरहे पनि गति बढाउन भने नसकेको जिकिर गरे । सरकारको आलोचना हुनु स्वाभाविक भएको भन्दै उनले सत्तारुढ दलकै नेताले गर्ने टिप्पणी र आलोचनाले दुई पार्टीबीचको सम्बन्ध नबिग्रियोस् भन्नेमा सचेत हुनुपर्ने सुझाव दिए ।

विभिन्न निकायका प्रमुख नियुक्त गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । त्यस्तै, भट्टराईले संविधान संशोधनका निम्ति राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै एजेन्डामा राष्ट्रिय सहमति कायम हुनुपर्ने जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…