2026-10-07 07:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘हार्ट ल्याम्प’ कथा सङ्ग्रहका लागि भारतीय लेखकलाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार

भारतीय लेखिका, वकील र अभियानकर्मी बानु मुश्ताकले मङ्गलबार आफ्नो लघुकथा सङ्ग्रह ‘हार्ट ल्याम्प’ का लागि अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्नुभएको छ ।

सतहत्तर वर्षीया मुश्ताक कन्नड भाषाको साहित्यबाट अनुवादित कथा साहित्यका लागि यो प्रतिष्ठित साहित्यिक पुरस्कार प्राप्त गर्ने पहिलो लेखिका हुनुहुन्छ ।

“यो क्षण हजारौँ जुनकीरीले एउटै आकाश उज्यालो पारेको जस्तो लाग्छ – छोटो, चम्किलो र पूर्णतया सामूहिक”, मुश्ताकले लन्डनको टेट मोडर्न ग्यालरीमा आयोजित एक समारोहमा भन्नुभयो, “म यो महान सम्मानलाई एक व्यक्तिका रूपमा नभई अरू धेरैसँग मिलेर उठाइएको आवाजका रूपमा स्वीकार गर्दछु ।”

मुश्ताकले ५० हजार पाउन्ड (६७ हजार डलर) को पुरस्कार उहाँको अनुवादक दीपा भस्तीसँग बाँड्नुहुनेछ । भस्तीले कथाहरू छनोट गर्न सहयोग गर्नुभएको थियो ।

‘हार्ट ल्याम्प’ मा सन् १९९० देखि सन् २०२३ बीच मूल रूपमा प्रकाशित १२ कथा सङ्कलित छन् । यी कथाले महिला र केटीहरूको अनुभवहरूमा ध्यान केन्द्रित गर्दै दक्षिण भारतका मुस्लिम समुदायहरूको दैनिक जीवनलाई चित्रण गर्छन् ।

समालोचकहरूले यस सङ्ग्रहको सुक्खा र मधुर हास्य, यसको चतुर, बोलचालको शैली र पितृसत्ता, जातिवाद र धार्मिक रूढिवादमाथि गरिएको तीव्र टिप्पणीका लागि प्रशंसा गरेका छन् ।

दक्षिण पश्चिम भारतको कर्नाटक राज्यमा बस्नुहुने मुश्ताक महिला अधिकारमा वकालत गर्ने र भेदभावको सामना गर्ने कानूनी कार्यका लागि परिचित हुनुहुन्छ ।

निर्णायक मण्डलले जोशिला हजुरआमादेखि लिएर अल्मलिएका धार्मिक पण्डितहरूसम्मका उहाँका पात्रहरूलाई ‘अस्तित्व र लचिलोपनको आश्चर्यजनक चित्रण’ भनेर सम्मान गरेको छ ।

“मेरा कथाहरू महिलाहरूको बारेमा छन् – कसरी धर्म, समाज र राजनीतिले उनीहरूबाट निर्विवाद आज्ञाकारिताको माग गर्छ र त्यसो गर्दा उनीहरूलाई अमानवीय क्रूरता दिन्छ, उनीहरूलाई केवल अधीनस्थहरूमा परिणत गर्दछ”, उहाँले भन्नुभयो ।

निर्णायक समितिका अध्यक्ष म्याक्स पोर्टरले ‘हार्ट ल्याम्प’ लाई ‘अङ्ग्रेजी पाठकहरूका लागि वास्तवमै नयाँ कुरा’ भनेर सराहना गर्नुभयो ।

“एउटा मौलिक अनुवाद जसले अङ्ग्रेजीको बहुलतामा नयाँ बनावटहरू सिर्जना गर्न भाषालाई हल्लाउँछ । यसले अनुवादको हाम्रो बुझाइलाई चुनौती दिन्छ र विस्तार गर्दछ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए