२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

केरलाः डुबेको ‘कन्टेनर जहाज’ बाट तेल चुहावट रोक्ने पहल जारी

१३ जेष्ठ २०८२, सोमबार १७:०३

काठमाडौँ । भारतको केरला राज्य सरकारले एक दिनअघि दक्षिणी तटमा डुबेको ‘जोखिमयुक्त’ कार्गो बोकेको कन्टेनर जहाजबाट तेल चुहावट रोक्न सोमबार भारतीय तटरक्षकले आफ्नो प्रयासलाई निरन्तरता दिएका छन् ।

लाइबेरियाली झण्डा बाहक १८४ मिटर (६०३ फिट) लामो मालवाहक जहाज (एमएससी ईएलएसए ३) आइतबार केरलाको सामुद्रिक तटमा दुर्घटनाग्रस्त भएको थियो।

उक्त जहाजमा ६४० कन्टेनर थिएभने जसमध्ये १३ वटा जीवनका लागि हानिकारक मानिने कार्गो र १२ वटा क्याल्सियम कार्बाइड थिए । उक्त जहाजमा करिब ३७० टन इन्धन र तेल पनि थियो ।

केरला सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तट रक्षकले दुई जहाजको प्रयोग गरेर तेल फैलन नदिने प्रयास गरिरहेका छन् ।

“डोर्नियर विमान प्रयोग गरेर तेल नष्ट गर्न धुलो छर्किने काम भइरहेको छ,” वित्रप्तिमा भनिएको छ ।

भारतीय रक्षा मन्त्रालयले कोचीबाट करिब ३८ नटिकल माइल दक्षिणपश्चिममा आएको बाढीका कारण जहाज डुबेको थियो । जहाज डुबेका कारण केरलाको तटीय क्षेत्रमा यसबाट पर्नसक्ने संवेदनशील सामुद्रिक पारिस्थतिक प्रणालीप्रति चिन्ता व्यक्त गरिएको छ ।

सरकारले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ र मानिसहरूलाई कुनै पनि कन्टेनरलाई नछुन वा सम्पर्क नगर्न चेतावनी दिएको छ ।
भारतीय बन्दरगाह भिझिन्जम र कोचीको बीचमा यात्रा गरिरहेको उक्त जहाज शनिबार डुबेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव