२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अपाङ्गतासम्बन्धी ऐनको व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ : मन्त्री सुडी

२०८२, १५ जेष्ठ बुधबार १४:३३
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को व्यवहारिक रूपमै प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कोसिस नेपालले यहाँ आज आयोजना गरेको कार्यक्रममा अध्ययन–अनुसन्धानसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को धारा १९ सँग बाझिएका कानुन संशोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री सुडीले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को धारा १९ सँग बाझिएका कानुन जसले अपाङ्गता भएका व्यक्तिलाई समुदायमा स्वतन्त्रतापूर्वक बस्न पाउने तथा समुदायमा समावेश हुनबाट बन्देज गरेको छ, त्यस्तो विद्यमान  कानुनी व्यवस्थालाई मानव अधिकारमैत्री हुनेगरी समयसापेक्ष संशोधन गर्ने र गराउनेतर्फ कार्य गर्न प्रतिबद्धता व्यक्त गर्दछु ।” अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को धारा १२ को मर्मविपरीत तर्जुमा गरी कार्यान्वयनमा ल्याएका कानुन पनि संशोधन गरी समय सान्दभिक बनाउने मन्त्री सुडीको भनाइ छ ।
उहाँले भन्नुभएको छ, “कानुनमा अमर्यादित शब्द प्रयोग गरी त्यसलाई योग्यताको आधार बनाएर न्यून प्रतिनिधित्वमा रहेका अपाङ्गता भएका व्यक्तिको कानुनी क्षमतालाई अस्वीकार गर्दै उनीहरूलाई आर्थिक, सामाजिक तथा सार्वजनिक जीवनमा सहभागिता जनाउन बन्देज गरेको सम्पूर्ण कानुनी व्यवस्थाहरूलाई खारेज वा संशोधन गरी कानुनी क्षमताको पुनर्बहाली गर्ने कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि र त्यसको इच्छाधिन आलेख २००६ लाई जनवरी २००८ मा हस्ताक्षर गरी सन् २००९ डिसेम्बर २७ तारिखका दिन तत्कालीन व्यवस्थापिका संसद्मार्फत अनुमोदन गरिएको थियो ।
सरकारले यस महासन्धिलाई घरेलुकरण गर्दै नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ र नियमावली, २०७७ जारी गरी कार्यान्वयनमा ल्याएको छ । तर अपाङ्गता भएका व्यक्तिको ऐन र नियमावलीमा न्यून प्रतिनिधित्वमा रहेको अपाङ्गता भएका भएका व्यक्तिको अटिजम, बौद्धिक अपाङ्ता, मनोसामाजिक अपाङ्गता र श्रवणदृष्टिविहीन अपाङ्गताको सवाल छुटेको गुनासाहरू आएको मन्त्री सुडीले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल र राष्ट्रिय बहिरा महासङ्घ नेपालको नेत्तृत्वमा नेपालका सातै प्रदेशका अपाङ्गता भएका व्यक्तिबाट आएका सुझावलाई सङ्कलन गरी तीन तहले संशोधन प्रस्ताव तयार गरी मन्त्रीसमक्ष हस्तान्तरण पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला