१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अपाङ्गतासम्बन्धी ऐनको व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ : मन्त्री सुडी

१५ जेष्ठ २०८२, बुधबार १४:३३
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को व्यवहारिक रूपमै प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कोसिस नेपालले यहाँ आज आयोजना गरेको कार्यक्रममा अध्ययन–अनुसन्धानसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को धारा १९ सँग बाझिएका कानुन संशोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री सुडीले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को धारा १९ सँग बाझिएका कानुन जसले अपाङ्गता भएका व्यक्तिलाई समुदायमा स्वतन्त्रतापूर्वक बस्न पाउने तथा समुदायमा समावेश हुनबाट बन्देज गरेको छ, त्यस्तो विद्यमान  कानुनी व्यवस्थालाई मानव अधिकारमैत्री हुनेगरी समयसापेक्ष संशोधन गर्ने र गराउनेतर्फ कार्य गर्न प्रतिबद्धता व्यक्त गर्दछु ।” अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को धारा १२ को मर्मविपरीत तर्जुमा गरी कार्यान्वयनमा ल्याएका कानुन पनि संशोधन गरी समय सान्दभिक बनाउने मन्त्री सुडीको भनाइ छ ।
उहाँले भन्नुभएको छ, “कानुनमा अमर्यादित शब्द प्रयोग गरी त्यसलाई योग्यताको आधार बनाएर न्यून प्रतिनिधित्वमा रहेका अपाङ्गता भएका व्यक्तिको कानुनी क्षमतालाई अस्वीकार गर्दै उनीहरूलाई आर्थिक, सामाजिक तथा सार्वजनिक जीवनमा सहभागिता जनाउन बन्देज गरेको सम्पूर्ण कानुनी व्यवस्थाहरूलाई खारेज वा संशोधन गरी कानुनी क्षमताको पुनर्बहाली गर्ने कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि र त्यसको इच्छाधिन आलेख २००६ लाई जनवरी २००८ मा हस्ताक्षर गरी सन् २००९ डिसेम्बर २७ तारिखका दिन तत्कालीन व्यवस्थापिका संसद्मार्फत अनुमोदन गरिएको थियो ।
सरकारले यस महासन्धिलाई घरेलुकरण गर्दै नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ र नियमावली, २०७७ जारी गरी कार्यान्वयनमा ल्याएको छ । तर अपाङ्गता भएका व्यक्तिको ऐन र नियमावलीमा न्यून प्रतिनिधित्वमा रहेको अपाङ्गता भएका भएका व्यक्तिको अटिजम, बौद्धिक अपाङ्ता, मनोसामाजिक अपाङ्गता र श्रवणदृष्टिविहीन अपाङ्गताको सवाल छुटेको गुनासाहरू आएको मन्त्री सुडीले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल र राष्ट्रिय बहिरा महासङ्घ नेपालको नेत्तृत्वमा नेपालका सातै प्रदेशका अपाङ्गता भएका व्यक्तिबाट आएका सुझावलाई सङ्कलन गरी तीन तहले संशोधन प्रस्ताव तयार गरी मन्त्रीसमक्ष हस्तान्तरण पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव