३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रहस्यमय ‘प्लानेट नाइन’ को खोजले अचम्मको कुरा प्रस्तुत

१६ जेष्ठ २०८२, बिहीबार १४:४०
काठमाडौँ । यो एक मनमोहक विचार हो जसले लामो समयदेखि वैज्ञानिकहरूलाई चिन्तामा राखेको छः यसलाई पत्ता लगाउने हाम्रा सबै प्रयासहरूलाई बेवास्ता गर्दै हाम्रो सौर्यमण्डलको किनारमा अन्धकारमा एक विशाल र रहस्यमय ग्रह लुकेर बसेको छ ।
केही खगोलशास्त्रीले नेप्च्युनभन्दा परका हिउँले ढाकिएका चट्टानहरूको अनौठो, गुच्छाले त्यहाँ केही ठूलो छ भनेर सङ्केत गरेको बताएका छन् । त्यसलाई उनीहरूले प्लानेट नाइन नाम दिएका छन् ।
अब यो मायावी संसारको खोजी गर्ने अमेरिकामा आधारित तीन जनाको समूह यसको सट्टा सौर्यमण्डलको बाहिरी भागमा नयाँ पुड्को ग्रह जस्तो देखिने कुरामा ठेस खाएको छ ।
यस नयाँ सदस्यको अस्तित्वले प्लानेट नाइन सिद्धान्तलाई चुनौती दिन सक्छ भनी अनुसन्धानकर्ताहरूले गणना गरेका छन् ।
२०१७ ओएफ२०१ नाम दिइएको नयाँ वस्तु लगभग सात सय किलोमिटर (चार सय ३० माइल) चौडा रहेको पियर–समीक्षा नगरिएको गत हप्ता अनलाइन प्रकाशित एक प्रिप्रिन्ट अध्ययनमा उल्लेख छ ।
यसले यसलाई प्लुटोभन्दा तीन गुणा सानो बनाउँछ ।
तर त्यो अझै पनि पुड्को ग्रह मान्न पर्याप्त ठूलो रहेको न्युजर्सीको इन्स्टिच्युट फर एडभान्सड स्टडीका प्रमुख अध्ययन लेखक सिहाओ चेङले बताउनुभयो ।
– टाढाको यात्री –
यो वस्तु हाल पृथ्वीबाट नेप्च्युनभन्दा तीन गुणा टाढा छ ।
यसको अत्यन्त लामो कक्षाले पृथ्वी र सूर्यको बीचको दूरीको एक हजार छ सय गुणाभन्दा बढी बाहिर घुम्छ । यसलाई सौर्यमण्डलको वरिपरि बरफिलो चट्टानहरूको घेराभित्र लैजान्छ जसलाई उर्ट क्लाउड भनिन्छ ।
चेङका अनुसार यो यति टाढा जान्छ कि यसले विगतमा हाम्रो सूर्यबाहेक अन्य ताराहरूको छेउबाट गुज्रन सक्थ्यो ।
आफ्नो २५ हजार वर्षको कक्षाको दौरान यो वस्तु पृथ्वीको पर्याप्त नजिक केवल शून्य दशमलव पाँच प्रतिशत समयमा मात्र हुन्छ, जुन लगभग एक शताब्दी हो ।
“यो पहिले नै कमजोर र अधिक धमिलो हुँदै गइरहेको छ”, चेङले भन्नुभयो ।
यस खोजले नेप्च्युनभन्दा परको कुइपर बेल्टमा ‘समान कक्षाहरूमा सयौँ समान चीजहरू छन्’ भन्ने सुझाव दिएको चेङले बताउनुभयो ।
प्लानेट नाइनको खोजीमा कठिन डेटासेट खोज्न आधा वर्षभन्दा बढी समय बिताउने जोखिम लिएपछि चेङले उहाँ केही पनि फेला पारेकोमा ‘भाग्यशाली’ रहेको बताउनुभयो ।
अनुसन्धानकर्ताहरूले आफ्नो आविष्कारमा जेम्स वेब, हबल र एल्मा टेलिस्कोपहरू लक्षित गर्न समयको अनुरोध गरिरहेका छन् ।
तर क्यालिफोर्नियाका २३ वर्षीय सोखिन खगोलविद् स्याम डिनले पहिले नै पुराना डेटासेटहरू मार्फत पुड्को ग्रह उम्मेद्वारलाई ट्र्याक गर्न सक्षम हुनुभएको छ ।
“ओएफ२०१, मेरो विचारमा पछिल्लो दशकमा बाहिरी सौर्यमण्डलमा सबैभन्दा चाखलाग्दो खोजहरू मध्ये एक हो”, डिनले भन्नुभयो ।
– प्लानेट नाइनका बारेमा के ?
कुइपर बेल्टमा फेला परेका हिउँले ढाकिएका चट्टानहरूको एक विशेष दिशामा समूहबद्ध कक्षामा जाने प्रवृत्ति राख्छन् ।
दुई दशकअघि खगोलविद्हरूले यो पृथ्वीभन्दा १० गुणा ठूलो विश्वको गुरुत्वाकर्षणको कारणले भएको थियो भनेर प्रस्ताव गरे, यसलाई प्लानेट नाइन नाम दिए र त्यसबेलादेखि चलिरहेको बहस सुरु भयो ।
यसलाई कहिलेकाहीँ प्लानेट एक्स पनि भनिन्छ । यो नाम एक शताब्दीभन्दा पहिले नेप्च्युनभन्दा बाहिरको काल्पनिक संसारका लागि प्रस्तावित गरिएको थियो ।
सन् १९३० मा खगोलविद्हरूले प्लानेट एक्सको खोजी गर्दा उनीहरूले प्लुटो फेला पारे । यो हाम्रो सौर्यमण्डलको नवौँ ग्रह बन्यो ।
तर प्लुटो धेरै सानो निस्क्यो –– यो चन्द्रमाभन्दा सानो छ –– र २००६ मा पुड्को ग्रहको स्थितिमा घटाइयो ।
अब त्यहाँ चार अन्य आधिकारिक रूपमा मान्यता प्राप्त पुड्का ग्रहहरू छन् र चेङले २०१७ ओएफ२०१ तिनीहरूको श्रेणीमा सामेल हुनसक्ने विश्वास गर्नुभएको छ ।
जब अनुसन्धानकर्ताहरूले यसको कक्षाको मोडेल बनाए, तिनीहरूले यसले समान वस्तुहरूको समूहबद्ध प्रवृत्तिलाई पछ्याउँदैन भन्ने फेला पारे ।
यसले प्लानेट नाइन सिद्धान्तका लागि समस्या निम्त्याउन सक्छ, तर चेङले थप डेटा आवश्यक रहेकोमा जोड दिनुभयो ।
क्यानाडाको युनिभर्सिटी अफ रेजिनाकी सामन्था ललरले एएफपीलाई भन्नुभयो, “यो महान खोज र यस्तै अन्यको अर्थ प्लानेट नाइनका लागि मूल तर्क कमजोर हुँदै गइरहेको छ ।”
यस वर्ष चिलीमा अनलाइन जाने निर्धारित गरिएको भेरा रुबिन वेधशालाले कुनै न कुनै तरिकाले यस रहस्यमा प्रकाश पार्ने अपेक्षा गरिएको छ ।
डिनका अनुसार अहिलेसम्म प्लानेट नाइनको कुनै सङ्केत नभेटिनु निरुत्साहजनक थियो । “तर भेरा रुबिन क्षितिजमा भएकोले मलाई लाग्दैन कि हामीले यसको अस्तित्वका बारेमा धेरै लामो समयसम्म सोच्नुपर्नेछ”, उहाँले भन्नुभयो ।
चेङका लागि उहाँ यो विशाल ग्रह कतै बाहिर छ भन्ने अझै पनि आशा गर्नुहुन्छ ।
“हामी यस्तो युगमा छौँ जब ठूला टेलिस्कोपहरूले ब्रह्माण्डको किनारासम्म देख्न सक्छन्”, उहाँले भन्नुभयो, “तर हाम्रो घरको आँगनमा के छ त्यो अझै पनि धेरै हदसम्म अज्ञात छ ।”
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन