२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्वार्को ओभरपास सम्पन्न, भोलिदेखि सवारीसाधन चल्ने

५ असार २०८२, बिहीबार १४:०४

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित ओभरपास भोलिदेखि सवारीसाधनका लागि सञ्चालनमा आउने भएको छ। चक्रपथ अन्तर्गतको ग्वार्को–सातदोबाटो खण्डमा निर्माण गरिएको ओभरपासको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ओभरपासको निर्माण कार्य सम्पन्न भएसँगै भोलि (असार ६ गते) प्रधानमन्त्री ओलीले उद्घाटन गरी सवारी आवागमनका लागि औपचारिक रूपमा खुला गरिनेछ।

गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणपश्चात् ठेकेदार कम्पनीलाई सवारी सञ्चालनको अन्तिम तयारीमा लाग्न निर्देशन दिइएको थियो।

यो परियोजनाको ठेक्का १२ फागुन २०७८ मा सम्झौता भए पनि निर्माण सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ। मुख्य संरचनाको निर्माण सम्पन्न भएपछि ८ जेठदेखि कालोपत्रे कार्य सुरु गरिएको थियो। त्यसपछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका अन्तिम कामहरू सकिएसँगै ओभरपास सवारी सञ्चालनका लागि तयार भएको सडक विभागले जनाएको छ।

ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित चार लेनको पुल निर्माण गरिएको छ। साथै, ५ सय मिटर लामो अप्रोच सडक निर्माण गरिएको छ, जसमा बालकुमारी र सातदोबाटोतर्फबाट र्यामहरू बनाइएका छन्।

चक्रपथ सडकको बीचका चार लेनलाई पर्खाल लगाई माथि उठाएर ओभरपास बनाइएको हो। यस संरचनामार्फत ग्वार्को चोकको पुलमुनिबाट मंगलबजार–इमाडोलतर्फ जाने सवारीसाधन सहज रूपमा चल्न सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…