३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

बागमती प्रदेशसभाः आजको बैठक स्थगन

१२ असार २०८२, बिहीबार १५:४२
काठमाडौं ।  बागमती प्रदेशसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणबस स्थगन भएको छ । यही असार १६ गते दिउँसो १ बजे बस्नेगरी आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले राससलाई जानकारी दिनुभयो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सत्तापक्ष र प्रतिपक्ष दलसँगको सहमतिअनुसार असार १६ गते दिउँसो १ बजे बैठक बस्नेगरी सबै सांसदलाई सूचना सम्प्रेषण गरिएको राससलाई जानकारी दिनुभयो ।
गत असार १ गते प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सरकारकोतर्फबाट आगामी आव २०८२/८३ का लागि बजेट विनियोजित गरिँदा निष्पक्ष र पारदर्शी नभएको भन्दै सत्तापक्ष दलका केही सांसद र प्रतिपक्ष दलका केही सांसदले प्रतिरोध गरेपछि बैठक नियमित बस्न सकेको छैन ।
सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदसँग सहमति जुटाउने प्रयास गरिएको जनाउँदै सहमतिअनुसार असार १६ गते दिउँसो १ बजे बैठक बस्ने उल्लेख गर्नुभयो ।
राप्रपा संसदीय दलका नेता उद्धव थापा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले सत्तापक्ष दलका केही सांसद र प्रतिपक्ष दलका केही सांसदले प्रतिरोधका कारण आजको बैठक स्थगित भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही