२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

२७ असार २०८२, शुक्रबार १५:५९
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर घट्दै गएको, युवा जन जनसङ्ख्याको लाभांश प्रयोग गर्न नसकिएको र विभिन्न जनसाङ्ख्यिकीय चुनौती देखिएका भन्दै राष्ट्रिय जनसङ्ख्या नीति–२०८२ मार्फत समाधानको बाटो सुरु गरिएको बताउनुभएको छ ।
विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिकीकरण कार्यक्रममा मन्त्री पौडेलले यो नीति केवल जनसङ्ख्याको सङ्ख्यासँग मात्र नभई जनताको चाहना, अधिकार र सामाजिक आवश्यकतासँग जोडिएको बताउनुभयो ।
“विभिन्न पक्षलाई समेटेर यो नीति आएको हो,” मन्त्री पौडेलले भन्नुभयो, “जनसाङ्ख्यिक अवस्था ऋणात्मक दिशातर्फ जाँदैछ । त्यसैले प्रजनन अधिकारलाई सुरक्षित गर्दै सन्तुलित जनसङ्ख्या संरचना कायम गर्न यो नीति प्रेरित गरिएको हो ।”
तीनै तहका सरकारमार्फत नीति कार्यान्वयन गरेर प्रभावकारी कार्यक्रम सञ्चालन हुने मन्त्री पौडेलले विश्वास व्यक्त गर्नुभयो । जनसङ्ख्याको बनावट, वितरण र संरचनासँग जोडिएका अवसर तथा चुनौतीलाई सम्बोधन गर्न राज्यको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले नेपालको जनसङ्ख्यालाई उच्चतम सदुपयोग गर्न तथा युवा पुस्ताको सपना साकार पार्न सबैलाई एकजुट हुन आह्वान गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनसङ्ख्या व्यवस्थापन महाशाखाका सहसचिव ढुण्डिप्रसाद निरौलाले नीति कसलाई, कहिले, के सेवा दिने र सक्षम जनसङ्ख्याको उपयोग कसरी गरेर समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने पक्षसँग जोडिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो नीतिको विशेषता युवा पुस्ताको सशक्तीकरण गर्दै जनसाङ्ख्यिक लाभांशको भरपुर उपयोग गर्नु, असन्तुलित आन्तरिक तथा बाह्य बसाइँसराइ, अव्यवस्थित बसोबास र गाउँ–पहाडका रित्तिँदै गएका बस्तीलाई विकास र अवसरसँग जोडेर सन्तुलनमा ल्याउनु हो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान