२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

२०८२, २७ असार शुक्रबार १५:५९
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर घट्दै गएको, युवा जन जनसङ्ख्याको लाभांश प्रयोग गर्न नसकिएको र विभिन्न जनसाङ्ख्यिकीय चुनौती देखिएका भन्दै राष्ट्रिय जनसङ्ख्या नीति–२०८२ मार्फत समाधानको बाटो सुरु गरिएको बताउनुभएको छ ।
विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिकीकरण कार्यक्रममा मन्त्री पौडेलले यो नीति केवल जनसङ्ख्याको सङ्ख्यासँग मात्र नभई जनताको चाहना, अधिकार र सामाजिक आवश्यकतासँग जोडिएको बताउनुभयो ।
“विभिन्न पक्षलाई समेटेर यो नीति आएको हो,” मन्त्री पौडेलले भन्नुभयो, “जनसाङ्ख्यिक अवस्था ऋणात्मक दिशातर्फ जाँदैछ । त्यसैले प्रजनन अधिकारलाई सुरक्षित गर्दै सन्तुलित जनसङ्ख्या संरचना कायम गर्न यो नीति प्रेरित गरिएको हो ।”
तीनै तहका सरकारमार्फत नीति कार्यान्वयन गरेर प्रभावकारी कार्यक्रम सञ्चालन हुने मन्त्री पौडेलले विश्वास व्यक्त गर्नुभयो । जनसङ्ख्याको बनावट, वितरण र संरचनासँग जोडिएका अवसर तथा चुनौतीलाई सम्बोधन गर्न राज्यको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले नेपालको जनसङ्ख्यालाई उच्चतम सदुपयोग गर्न तथा युवा पुस्ताको सपना साकार पार्न सबैलाई एकजुट हुन आह्वान गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनसङ्ख्या व्यवस्थापन महाशाखाका सहसचिव ढुण्डिप्रसाद निरौलाले नीति कसलाई, कहिले, के सेवा दिने र सक्षम जनसङ्ख्याको उपयोग कसरी गरेर समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने पक्षसँग जोडिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो नीतिको विशेषता युवा पुस्ताको सशक्तीकरण गर्दै जनसाङ्ख्यिक लाभांशको भरपुर उपयोग गर्नु, असन्तुलित आन्तरिक तथा बाह्य बसाइँसराइ, अव्यवस्थित बसोबास र गाउँ–पहाडका रित्तिँदै गएका बस्तीलाई विकास र अवसरसँग जोडेर सन्तुलनमा ल्याउनु हो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन