२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित

३० असार २०८२, सोमबार १६:२८

गाजाको पानी वितरण केन्द्रमा भएको इजरायली हवाई आक्रमणमा केही बच्चासहित ४० जनाभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । उक्त निकायका अनुसार इजरायल र हमासबीचको युद्धविरामको लागि वार्ता हाललाई रोकिएको छ ।

इजरायल र प्यालेस्टिनी लडाकु समूहका प्रतिनिधिमण्डलहरूले गाजा पट्टीमा २१ महिनादेखि चलेको युद्ध रोकी युद्धविराममा सहमतिका लागि एक हप्तादेखि वार्ता जारी राखेका थिए ।

नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बासलले पानी वितरण केन्द्रमा भएको ड्रोन आक्रमणमा १० जना पीडितमध्ये आठ जना बालबालिका रहेको उल्लेख गर्नुभएको छ ।

इजरायली सेनाले मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा एक आतङ्ककारीलाई लक्षित गरी आक्रमण गर्दा ‘प्राविधिक त्रुटि’ भएको जनाउँदै ‘हतियार लक्ष्यबाट दर्जनौँ मिटर टाढा खसेको’ बताएको छ ।

वासिङ्टन इजरायलको शीर्ष सहयोगी हो भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दबाब दिइरहेको र आफू सम्झौताको लागि आशावादी रहेको बताउनुभएको छ ।

इजरायली नागरिक सुरक्षा निकायका प्रवक्ता बासलले भने युद्ध अन्त्यको तत्काल कुनै सङ्केत नभएको र आइतबार प्यालेस्टिनी क्षेत्रभरि भएको आक्रमणमा गाजा सहरमा ११ जनासहित कम्तीमा ४३ जनाको मृत्यु भएको बताउनुभएको छ ।

हाल गाजाभरीसैन्य कारबाही तीव्र पारेको इजरायली सेनाले विगत २४ घण्टामा वायुसेनाले ‘१५० भन्दा बढी आतङ्ककारी लक्ष्यहरूमा आक्रमण गरेको’ बताएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले अधिकांश नागरिकसहित कम्तिमा ५८ हजार २६ जना प्यालेस्टिनीहरू इजरायलको जवाबी अभियानमा मारिएको जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घका निकायहरूले शनिबार इन्धनको अभाव ‘गम्भीर स्तरमा’ पुगेको र गाजाको २० लाखभन्दा बढी मानिसहरूको अवस्था थप बिग्रने खतरा रहेको चेतावनी दिएका छन् ।

इजरायल र हमासले एकअर्कालाई सम्झौता रोक्न खोजेको आरोप लगाएपछि शनिबार कतारको राजधानी दोहामा ६० दिने युद्धविराम र बन्धक मुक्तिका लागि वार्ता स्थगित भएको थियो ।

गतिरोधको बावजुद, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो “आशा छ, हामी अर्को हप्तामा यसलाई सुधार्ने छौँ ।”

हमासले गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता लिन चाहन्छ, तर वार्ताको जानकारी भएको प्यालेस्टिनी स्रोतले इजरायलले ४० प्रतिशतभन्दा बढी क्षेत्रमा सेना राख्ने योजना प्रस्तुत गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ