२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कहिलेकाँही आउने प्राविधिक समस्यालाई लिएर लोडसेडिङ भन्दै कुप्रचार गरियो : निर्देशक हितेन्द्रदेव शाक्य

१३ श्रावण २०८२, सोमबार १२:४८

काठमाडौँ | नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभरी कहीँ/कतै पनि लोडसेडिङ नभएको दाबी गरेका छन् । विद्युत आपूर्तिमा समस्या आएको भन्दै आज चितवन पुगेका उनले कहिलेकाँही आउने प्राविधिक समस्यालाई लिएर लोडसेडिङ भन्दै कुप्रचार गरिएको दाबी गरे ।

भरतपुरमा पत्रकारसँग कुरा गर्दै शाक्यले बढ्दो गर्मी, पानी नपरेको कारणले अहिले भएको विद्युत सञ्जालले लोड थाम्न नसकेर लाइन जाने समस्या भएको तथ्यलाई गलत ढंगले व्याख्या गरेर बदनाम गराउने काम भएको बताए । लोडसेडिङ अब नेपालमा नहुने तर कहिलेकाँही आउने प्राविधिक समस्यालाई बुझिदिनुपर्ने उनको भनाइ छ ।

 

चितवनमा भैरहेको विद्युत आपूर्तिको समस्या बढ्दो लोड तथा पुरानो र जीर्ण वितरण प्रणालीबाट भएको शाक्यको भनाइ छ । ‘पहिले नै यहाँको सिष्टम अपग्रेड गर्नुपर्ने थियो, काममा ढिला भएको पक्कै हो, गर्मी बढेपछि समस्या उत्कर्षमा पुग्यो’, कार्यकारी निर्देशक शाक्यले भने, ‘अब मंगलबार बेलुकासम्म चितवनको विद्युत आपूर्तिको समस्या समाधान हुन्छ, अहिलेको जस्तो अवस्था आउँदैन ।’

प्राधिकरणले नै लोडसेडिङको झल्को दिने गरी सूचना प्रकाशन गर्दा गलत सन्देश पुगेको हो कि भन्ने पत्रकारको प्रश्नमा कायकारी निर्देशक शाक्यले सवस्टेशनका कार्यालयमा पुगेर दबाब दिएकै कारण यस्तो सूचना आएको दाबी गरे । ‘लोडसेडिङको तालिका निकाल, सूचना निकाल’ भनेर प्राधिकरणलाई कतिपय ठाँउमा दबाब दिने, घेराउ गर्ने काम गरिएको प्राधिकरण निर्देशक शाक्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव