२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा-राप्रपाको निरन्तर अवरोध, आज पनि संसद् बहिष्कार

२२ श्रावण २०८२, बुधबार १४:२७

काठमाडौँ | भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । गत १३ जेठदेखि निरन्तर विरोधमा रहेको यी दुई दलका सांसद आजको बैठकमा आफ्ना धारणा राखेपछि बैठकबाट बाहिरिएका हुन् । बैठकमा रास्वपाका प्रवक्ता एवं सांसद मनिष झा र राप्रपाकी सांसद रोशन कार्कीले बोल्दै भिजिट भिसा वितरण र त्यसबाट सिर्जित संकटको समाधानप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए ।

 

सांसद झाले भिजिट भिसा प्रकरणका क्रममा ‘कुलिङ पिरियड’ मा देखिएको अनियमितताको जिम्मेवारी सभापति रामहरि खतिवडाले लिनुपर्ने भन्दै उनको पद टिकाइ असंवैधानिक भएको बताए । ‘राज्य, व्यवस्था तथा सुशासन समितिका सभापतिमाथि नैतिकता प्रश्न उठिरहेको बेला हामीमाथि भने पटकपटक नैतिकता र नालायकीको प्रश्न उठाइन्छ,’ उनले भने, ‘यो दोहोरो मापदण्ड हो, जवाफ कसले दिने ?’

त्यसैगरी, राप्रपाकी सांसद रोशन कार्कीले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाउँदै आन्दोलनरत सांसदको आवाज नसुनी संसद् चलाइरहनु गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरिन् । ‘सरकार संसदप्रति उत्तरदायी हो कि संसद् सरकारप्रति ?,’ उनले प्रश्न गरिन् ।

रास्वपा र राप्रपाले छानबिन समिति गठन नभएसम्म संसदमा नियमितरूपमा सहभागी नहुने अडान लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला