२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसिसी रोक्न धेरै प्रयास गर्‍यौँ, के-के गर्‍यौँ अब भन्न जरुरी रहेन: प्रचण्ड

२२ श्रावण २०८२, बुधबार १५:१५

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता नियोग(एमसिसी) जस्ताको तस्तै अनुमोदन हुनबाट रोक्न धेरै प्रयास गर्नुपरेको दाबी गरेका छन्। बुधबार ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्।

‘त्यति बेला हामी नेकपा माओवादी केन्द्र थिएनौँ, नेकपा थियौँ। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भएको बेला थियो,’ दाहालले स्मरण गर्दै भने,‘यो विषयमा निकै चर्चा चलेको र यो विषयमा पार्टीले आफ्नो धारणा स्पष्ट पार्नुपर्छ भनेर किनकि पार्टीमा सबैको बुझाई एकै खालको थिएन। त्यस कारण एकै किसिमको धारणा बनाउनुपर्छ भन्ने छलफल चलेको केन्द्रीय समितिको बैठकको अध्यक्षता मैले गरेको थिएँ।’

त्यो पनि नेकपा भएपछि कार्यकारी अध्यक्षमा रूपमा आफूले अध्यक्षता गरेको एक मात्रै बैठक रहेको उनले बताए। ‘त्यही बैठकबाट मेरै प्रस्तावमा यो बारेमा अध्ययन गरेर सुझाव प्रतिवेदन पेस गर्ने भनेर एउटा केन्द्रीय कार्यदल पनि बनेको थियो,’ अध्यक्ष दाहालले भने।

त्यो कार्यदलले अध्ययन गरेर कार्यदल बुझाएको पनि उनले स्मरण गरे। उनले भने, ‘जो यथास्थितिमा एमसिसीलाई अनुमोदन गर्न हुँदैन, यो राष्ट्रका हितमा छैन सारसहितको प्रतिवेदन कार्यदलले बुझाएको थियो।’

एमसिसीलाई रोक्न त्यो बेला आन्दोलन गर्ने र आन्दोलनको नेतृत्व गर्ने प्रमुख पार्टी नेकपा माअ‍ोवादी केन्द्र नै रहेको दाहालले दाबी गरे। एमसिसीलाई जस्ताको तस्तै सदनबाट पारित हुन नदिन माओवादी केन्द्रले गरेका प्रयास धेरै रहेको पनि उनले दाबी गरे। ‘जसको व्याख्या अहिले गर्न सम्भव पनि छैन, अब आवश्यक पनि छैन,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला