२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसिसी रोक्न धेरै प्रयास गर्‍यौँ, के-के गर्‍यौँ अब भन्न जरुरी रहेन: प्रचण्ड

२०८२, २२ श्रावण बुधबार १५:१५

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता नियोग(एमसिसी) जस्ताको तस्तै अनुमोदन हुनबाट रोक्न धेरै प्रयास गर्नुपरेको दाबी गरेका छन्। बुधबार ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्।

‘त्यति बेला हामी नेकपा माओवादी केन्द्र थिएनौँ, नेकपा थियौँ। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भएको बेला थियो,’ दाहालले स्मरण गर्दै भने,‘यो विषयमा निकै चर्चा चलेको र यो विषयमा पार्टीले आफ्नो धारणा स्पष्ट पार्नुपर्छ भनेर किनकि पार्टीमा सबैको बुझाई एकै खालको थिएन। त्यस कारण एकै किसिमको धारणा बनाउनुपर्छ भन्ने छलफल चलेको केन्द्रीय समितिको बैठकको अध्यक्षता मैले गरेको थिएँ।’

त्यो पनि नेकपा भएपछि कार्यकारी अध्यक्षमा रूपमा आफूले अध्यक्षता गरेको एक मात्रै बैठक रहेको उनले बताए। ‘त्यही बैठकबाट मेरै प्रस्तावमा यो बारेमा अध्ययन गरेर सुझाव प्रतिवेदन पेस गर्ने भनेर एउटा केन्द्रीय कार्यदल पनि बनेको थियो,’ अध्यक्ष दाहालले भने।

त्यो कार्यदलले अध्ययन गरेर कार्यदल बुझाएको पनि उनले स्मरण गरे। उनले भने, ‘जो यथास्थितिमा एमसिसीलाई अनुमोदन गर्न हुँदैन, यो राष्ट्रका हितमा छैन सारसहितको प्रतिवेदन कार्यदलले बुझाएको थियो।’

एमसिसीलाई रोक्न त्यो बेला आन्दोलन गर्ने र आन्दोलनको नेतृत्व गर्ने प्रमुख पार्टी नेकपा माअ‍ोवादी केन्द्र नै रहेको दाहालले दाबी गरे। एमसिसीलाई जस्ताको तस्तै सदनबाट पारित हुन नदिन माओवादी केन्द्रले गरेका प्रयास धेरै रहेको पनि उनले दाबी गरे। ‘जसको व्याख्या अहिले गर्न सम्भव पनि छैन, अब आवश्यक पनि छैन,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण