२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भित्री वस्त्रमा कोकिन लुकाएर नेपाल आएकी २१ वर्षीय इमिली पक्राउ

२०८२, २४ श्रावण शुक्रबार १२:२८

काठमाडौँ | भित्री वस्त्रमा कोकिन लुकाएर नेपाल आएकी ब्राजिलियन महिला पक्राउ परेकी छन्। ब्राजिलबाट दोहा हुँदै बुधबार नेपाल आएकी २१ वर्षीय इमिली मिकाइली सन्तोष फेरेइरालाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्युरोको शाखा कार्यालय छ। उक्त कार्यालयबाट खटिएको टोलीले लागुऔषध ल्याउनसक्ने व्यक्तिहरूमाथि निगरानी राख्छ। इमिलीको गतिविधि शंकास्पद देखिएपछि ब्युरोको टोलीले निगरानी गरेको एसपी जीवन निरौलाले जानकारी दिए।

उनी नेपाल आएर पनि भुटान जाने तयारीमा थिइन्। उनीमाथि शंका लागेर विमानस्थलको प्रस्थान कक्षमा प्रहरीले रोकेको थियो। तलासी लिएपछि उनले लगाएको भित्री वस्त्र (ब्रा) भित्र लागुऔषध कोकिन भेटिएको एसपी निरौलाले बताए।

तरल अवस्थाको एक किलो ९५० ग्राम कोकिन बरामद भएको हो। कन्डम र पानीको बोतलभित्र तरल अवस्थामा रहेको कोकिनलाई प्रहरीले बरामद गरेको हो। ब्युरोले उनीमाथि लागुऔषध (नियन्त्रण)ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट