३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तस्करीको अनौठो शैली: कन्डम ,पानीको बोतल र महिलाको ब्राभित्र भेटियो २ केजी कोकिन

२४ श्रावण २०८२, शुक्रबार १४:२९

काठमाडौँ | काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित एक जना विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा रहेकी छन् ।

उनले भित्री वस्त्रमा कोकिन लुकाएर नेपाल ल्याएकी  थिइन्। ब्राजिलबाट दोहा हुँदै बुधबार नेपाल आएकी २१ वर्षीय इमिली मिकाइली सन्तोष फेरेइरालाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्युरोको शाखा कार्यालय छ। उक्त कार्यालयबाट खटिएको टोलीले लागुऔषध ल्याउनसक्ने व्यक्तिहरूमाथि निगरानी राख्छ। इमिलीको गतिविधि शंकास्पद देखिएपछि ब्युरोको टोलीले निगरानी गरेको एसपी जीवन निरौलाले जानकारी दिए।

उनी नेपाल आएर पनि भुटान जाने तयारीमा थिइन्। उनीमाथि शंका लागेर विमानस्थलको प्रस्थान कक्षमा प्रहरीले रोकेको थियो। तलासी लिएपछि उनले लगाएको भित्री वस्त्र (ब्रा) भित्र लागुऔषध कोकिन भेटिएको एसपी निरौलाले बताए।

तरल अवस्थाको एक किलो ९५० ग्राम कोकिन बरामद भएको हो। कन्डम र पानीको बोतलभित्र तरल अवस्थामा रहेको कोकिनलाई प्रहरीले बरामद गरेको हो। ब्युरोले उनीमाथि लागुऔषध (नियन्त्रण)ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन