१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

कालीकोट दुर्घटना: घाइतेको जीवन संकटमा, आकाशे उद्धार वर्षाले ठप्प, ७ जना घाइते

२४ श्रावण २०८२, शुक्रबार १७:१५

काठमाडौँ | मौसम खराबीका कारण कालीकोटमा भएको दुर्घटनाका घाइतेलाई उद्धारमा समस्या भएको छ। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर उड्ने तयारीमा रहेपनि सुर्खेतमा भारी वर्षा भइरहेकाले पडाउन नसकिएको हो।

जुम्लादेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको चौखोला नजिकै शुक्रबार बिहान करिब १० बजेतिर दुर्घटनामा परेको थियो। कर्णाली राजमार्गस्थित कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौखोलाबाट खसेर गाडी तीला नदीको भेलमा परेको छ।

गाडी ओभरस्पिडमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई छ। गाडी सडकबाट लगभग १०० मिटर तल नदीमा खसेको छ। प्रहरीका अनुसार गाडीमा सवार यात्रुलाई स्थानीयले उद्धार गरी घाइतेलाई अस्पताल पुर्‍याएका थिए।

दुर्घटनामा परि ४ जना गम्भीर घाइते भएका छन् भने ,जसमध्ये ३ जना सामान्य घाइते भएका छन् | गम्भीर घाइतेमध्ये’ २० वर्षीय प्रकाश शाही (दुवै खुट्टा भाँचिएको) छ भने ,उनि  तीलागुफा नगरपालिका–६ कालिकोट, त्यस्तै  ३० वर्षीय लालबहादुर बस्नेत( वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेत),  २५ वर्षीया गंगा परियार( हिमा गाउँपालिका–१ जुम्ला) र  २८ वर्षीय रविन परियार, (गंगाका श्रीमान) हुन् |

सामान्य घाइतेमध्ये, ५ वर्षीय सुमन परियार, (गंगाका छाेरा) ,१६ वर्षीय अबिगेल परियार( हिमा गाउँपालिका–२ जुम्ला), प्रकाश शाही (सह-सहचालक) शुभकालिका गाउँपालिका–२ कालिकाेटका हुन्

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक