२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाले उपसभापति खड्का र महामन्त्री थापा र शर्मासँग छलफल गरेका तीन विषय

२४ श्रावण २०८२, शुक्रबार १८:०७

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्। शुक्रबार सभापति देउवाले निवास बूढानीलकण्ठमा उपसभापति र दुवै महामन्त्रीलाई बोलाएर कुराकानी गरेका हुन्। उक्त छलफलमा मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि सहभागी थिए।

सभापति देउवाले क्रियाशील सदस्यता नवीकरण, भ्रातृ संस्थाका अधिवेशन तयारी, रुपन्देही ३ उपनिर्वाचन तयारीलगायत विषयमा उपसभापति र महामन्त्रीद्वयसँग कुराकानी गरेका हुन्। उपसभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यतालगायत पार्टीका आन्तरिक विषयहरूमा कुराकानी भएको बताए।

‘क्रियाशील सदस्यता र भ्रातृ संस्थाका अधिवेशनलगायत आन्तरिक विषयमा मात्रै कुराकानी भयो,’ उनले भने। कांग्रेसले असोजभित्र क्रियाशील सदस्यता नवीकरणका लागि समय दिएको छ। तर कतिपय जिल्लामा क्रियाशील सदस्यता नवीकरणमा विवाद देखा परेका छन्। विवाद देखिएका जिल्लाका सम्बन्धित नेताहरूलाई काठमाडौं झिकाएर छलफल गर्ने तयारी कांग्रेसको छ।

साथै नेविसंघ, तरूण दललगायत भ्रातृ संस्थाको महाधिवेशन गर्नका लागि बनाइएको कार्यादेशबारे पनि छलफल भएको छ। उक्त कार्यादेश महामन्त्री शर्माले तयार पारेका थिए। भ्रातृ संस्थाका अधिवेशन पार्टीले तोकेको निर्देशन समितिले गराउनेछ। कांग्रेसबाट टिकट पाएर निर्वाचित जनप्रतिनिधिहरूका कार्यसम्पादन निर्देशिकाबारे पनि सामान्य छलफल भएको छ।

साथै कात्तिक १७ गते रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचन तयारीबारे पनि कुराकानी भएको छ। रूपन्देही ३ मा कसलाई उम्मेदवार बनाउने भनेर कांग्रेसले तल्ला तहबाट आकांक्षीको नाम मागिसकेको छैन।

छलफलमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाबारे भने कुरा उठेको थिएन। कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेरमा सांसद जीवन परियार सभापतित्वको छानबिन समितिले यसमा राजनीतिक र नैतिक जिम्मेवार समिति सभापति खतिवडा रहेको निष्कर्ष निकालेको थियो।

समितिका सभापति खतिवडाले आफूले राजीनामा दिने वा नदिनेबारे सभापति देउवालगायतसँग परामर्शपछि निर्णय लिने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला