२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘रवि लामिछानेलाई स्वच्छ हावा, कानुनी सहायता र भेटघाटबाट वञ्चित गरियो’ — मानवअधिकार आयोग

२७ श्रावण २०८२, सोमबार १३:४५

काठमाडौँ | राष्ट्रिय मानव अधिकार आयोगले सोमबार रूपन्देही कारागारको अनुगमन गरेको छ। आयोगकी आयुक्त लिली थापासहितको टोलीले करिब २५० कैदी राख्ने क्षमताको कारागारमा हाल ७०० बढी कैदी रहेको पाइएको छ। यसलाई न्यूनतम मानवअधिकारको उल्लंघन मानिएको छ। कारागार अनुगमन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै आयुक्त थापाले क्षमताभन्दा बढी कैदी राखेको पाइएको बताइन्।

आयोगकी आयुक्त थापाले भनिन्, “७०० कैदीलाई व्यवस्थापन गर्न कारागार प्रमुखलाई धन्यवाद दिन्छु, तर क्षमताभन्दा बढी कैदी राख्नु सरकारको कमजोरी हो।”

अनुगमनका क्रममा आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेट गरेको थियो। ‘उहाँले अहिलेसम्म घुमफिर (बाहिर हिँडडुल) गर्न पाएको छैन। बाहिर गएर स्वच्छ हावा लिन पाउनुपर्‍यो, पत्रपत्रिका पढ्न पाउनुपर्‍यो, न्युज सुन्न पाउनुपर्‍यो भन्ने कुरा गर्नुभयो,’ उनले भनिन्, ‘उहाँले कानुनी सहायता पनि लिन नपाएको, मुद्दा लड्न कानुन व्यवसायीसँग भेट्न नपाएको, आफ्ना कार्यकर्तासँग पनि भेट्न नपाएकोजस्ता कुरा पनि सुनाउनुभयो।’

 

उनलाई कारागारमा ४२० स्क्वायर फिटको छुट्टै कोठामा राखिएको छ जहाँ अट्याच शौचालय छ। तर शौचालयमा पूर्ण गारो नहुँदा समस्या देखिएको छ। कोठामा दुई वटा पंखा, एउटा खाट र एउटा टेबुल छ। एसी वा कुलर छैन, यद्यपि रास्वपाका एक पदाधिकारीले ‘कुलर छ तर तातो हावा फाल्ने’ बताए।

झ्यालमा राखिएको प्लाइउड सुरक्षा कारणले राखिएको हो, जुन आयोगले हटाउन अनुरोध गरेको छ र प्रशासनले त्यसमा सहमति जनाएको छ।

रूपन्देही कारागारको अवस्था बारे आयोगले चाँडै सार्वजनिक धारणा दिने तयारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला