२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जाने तयारीमा रहेका युवक, ८ महिनादेखि सम्पर्कविहीन: मुलपानीमा अन्तिम पटक देखिएका थिए

२०८२, २७ श्रावण सोमबार १४:३९

काठमाडौँ | काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट २२ वर्षीय युवक रोशन तिवारी बेपत्ता भएका छन् । कक्षा १२ को पढाइ सकेर विदेश जाने तयारी गरिरहेका तिवारी ८ महिनादेखि सम्पर्कविहीन भएका हुन् ।

 

उनको खोजीका लागि प्रहरीमा समेत निवेदन दिइएको बुबा डिल्लीप्रसाद तिवारीले बताए । ‘प्रहरीलाई खोजीका लागि सहयोग मागेका छौं, आफन्तदेखि लिएर अरु जानसक्ने ठाउँ सबैतिर खोजी गरिसक्यौं,’ उनले भने, ‘छोरालाई फेला पार्न सकिएको छैन ।’

प्रहरी वृत्त, बौद्धमा निवेदन परेपछि खोजतलास गरिदिन भन्दै देशभरका प्रहरी युनिटलाई पत्राचार भएको छ । परिवारका अनुसार, उनलाई अन्तिम पटक मुलपानीमा देखिएको थियो ।

 

प्रहरी अधिकृतहरुले भने उनलाई वीरगञ्जसम्म ट्रेस गरिएको बताएका छन् । तर, यत्तिका समयसम्म साथीभाइ कोहीसँग सम्पर्क नगरेको बताइएको छ । यदी कसैले तिवारीलाई काहीँ देखेको भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट