२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको कटाक्ष: मदन भण्डारी फाउन्डेशन पार्टीले होइन, ‘आफैं’ले बनाएको हो

२७ श्रावण २०८२, सोमबार १७:१२

काठमाडौँ | प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले नबनाएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन—आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरू सामूहिक संस्था हुनुपर्ने उनको भनाइ थियो ।

‘पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । मनमोहन प्रतिष्ठान पार्टीले नै बनाएको हो । अरु प्रतिष्ठानहरू पनि हामीले, पार्टीले बनाएका छौँ । कतिपय पार्टीले गर्दछ, कतिपय व्यक्तिका हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो खालको परिपाटी छ । त्यो हुनु हुँदैन । हाम्रा संस्थाहरू एकदमै सामूहिक संस्था हुनुपर्छ । मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन । आफैं बनाएको हो ।’

 

मदन—आश्रित स्मृति मनाउन नपाइने स्थिति बनेपछि फाउन्डेशन स्थापना भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘जतिबेला मदन—आश्रित स्मृति मनाउन नपाइने स्थिति बन्यो, त्यतिबेला श्रद्धाञ्जली दिन नपाइने स्थिति बन्यो, जन्मदिन मनाउन नपाइने स्थिति बन्यो,’ ओलीले भने, ‘पर्सि जन्मदिन छ भने आज विभिन्न विकृतिपूर्ण लेखहरू लिडरसिपबाट लेखिने र प्रकाशित भए । त्यसो भएर एउटा संस्था बनाउनुपर्छ भनेर मदन भण्डारी फाउण्डेशन जन्मिएको हो तर त्यो पार्टी, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको होइन ।’

नेताहरूको नाममा प्रतिष्ठानहरू स्थापना गर्ने र पछि व्यक्तिहरुले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘पार्टीले नै पुष्पलाल प्रतिष्ठान स्थापना गर्‍यो, पहिला पहिला प्रधानमन्त्री भएपछि भ्याउँदिन भनेर, एउटाबाट अर्कोमा चेन्ज गर्ने । सधैँ त्यो गुठी केही व्यक्तिहरुले त्यो पद छोड्दै नछोडेर, अनि त्यसलाई माध्यम बनाएर त्यहाँ काम गर्नेहरुलाई समर्थकको रुपमा राख्ने, बहुमत लिइराख्न आफूसँग लिने, त्यसलाई नियन्त्रण गर्ने,’ ओलीले अघि भनेका छन्, ‘त्यो संस्था कब्जाभित्र त्यो एउटा आन्दोलनको पक्षमा, विचारको पक्षमा, परिवर्तनको पक्षमा निष्ठासाथ लाग्ने संस्था होइन की व्यक्तिको ठगी खाने भाँडो हुने की पार्टीप्रति निष्ठा हुने आन्दोलनप्रति निष्ठा होइन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला