२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाको वाशिङ्गटनमा आपतकाल घोषणा:ट्रम्प भन्छन्-‘हत्या भएको हेर्न चाहनुहुन्न होला नि ‘

२०८२, २८ श्रावण मंगलवार १२:०५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्गटन डिसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गर्दै राजधानीको प्रहरी विभाग (एमपीडी) लाई संघीय नियन्त्रणमा लिएका छन्। यो कदमसँगै वाशिङ्गटनका सडकहरूमा ठूलो संख्यामा प्रहरी अधिकारी र एफबीआई एजेन्टहरू तैनाथ गरिएको छ, जसले शहरमा आपराधिक गिरोहहरूलाई नियन्त्रणमा लिने भनिएको छ।

पत्रकारहरूलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्टको प्रयोग गर्दै हामी वाशिङ्गटन डिसी प्रहरी विभागलाई संघीय नियन्त्रणमा लिइरहेका छौँ। तपाईंहरू लुटपाट, बलात्कार, गोली प्रहार वा हत्या भएको हेर्न चाहनुहुन्न होला।’

 

ट्रम्पले वाशिङ्गटन डिसीको हत्या दर ‘पृथ्वीको सबैभन्दा खराब ठाउँहरू’ भन्दा पनि बढी भएको र कार चोरीका घटनामा पनि वृद्धि भएको दाबी गरे। यद्यपि, प्रहरीको तथ्याङ्कले हालैका वर्षहरूमा हिंसात्मक अपराधमा कमी आएको देखाएको छ।

राष्ट्रपति ट्रम्पले राजधानीमा ‘हिंसक गिरोह, रक्तपिपासु अपराधी, लागुऔषध दुर्व्यसनी र घरबारविहीन व्यक्तिहरू’ ले कब्जा जमाएको आरोप लगाएका छन्। उनले एक पूर्व कर्मचारीमाथि भएको आक्रमणको उल्लेख गर्दै भने- ‘बदमाशहरूको समूहले उनलाई निर्दयीपूर्वक पिटेको र रगतले लतपतिएको अवस्थामा छाडेको थियो।’

राष्ट्रपतिले सरकारी कर्मचारी, एक डेमोक्र्याटिक सांसद र एक इन्टर्नमाथि पनि आक्रमण भएको बताउँदै यसले सरकारको काममा बाधा पुगेको र अमेरिकाका लागि खतरा उत्पन्न भएको बताए।

यो निर्णय डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्टको धारा ७४० अन्तर्गत लिइएको हो, जसले राष्ट्रपतिलाई आपतकालीन अवस्थामा प्रहरी बललाई संघीय उद्देश्यका लागि प्रयोग गर्ने अधिकार दिन्छ। यस कदमलाई वाशिङ्गटन डिसीका स्थानीय अधिकारीहरूले चिन्ताजनक भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट