२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाको वाशिङ्गटनमा आपतकाल घोषणा:ट्रम्प भन्छन्-‘हत्या भएको हेर्न चाहनुहुन्न होला नि ‘

२८ श्रावण २०८२, मंगलवार १२:०५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्गटन डिसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गर्दै राजधानीको प्रहरी विभाग (एमपीडी) लाई संघीय नियन्त्रणमा लिएका छन्। यो कदमसँगै वाशिङ्गटनका सडकहरूमा ठूलो संख्यामा प्रहरी अधिकारी र एफबीआई एजेन्टहरू तैनाथ गरिएको छ, जसले शहरमा आपराधिक गिरोहहरूलाई नियन्त्रणमा लिने भनिएको छ।

पत्रकारहरूलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्टको प्रयोग गर्दै हामी वाशिङ्गटन डिसी प्रहरी विभागलाई संघीय नियन्त्रणमा लिइरहेका छौँ। तपाईंहरू लुटपाट, बलात्कार, गोली प्रहार वा हत्या भएको हेर्न चाहनुहुन्न होला।’

 

ट्रम्पले वाशिङ्गटन डिसीको हत्या दर ‘पृथ्वीको सबैभन्दा खराब ठाउँहरू’ भन्दा पनि बढी भएको र कार चोरीका घटनामा पनि वृद्धि भएको दाबी गरे। यद्यपि, प्रहरीको तथ्याङ्कले हालैका वर्षहरूमा हिंसात्मक अपराधमा कमी आएको देखाएको छ।

राष्ट्रपति ट्रम्पले राजधानीमा ‘हिंसक गिरोह, रक्तपिपासु अपराधी, लागुऔषध दुर्व्यसनी र घरबारविहीन व्यक्तिहरू’ ले कब्जा जमाएको आरोप लगाएका छन्। उनले एक पूर्व कर्मचारीमाथि भएको आक्रमणको उल्लेख गर्दै भने- ‘बदमाशहरूको समूहले उनलाई निर्दयीपूर्वक पिटेको र रगतले लतपतिएको अवस्थामा छाडेको थियो।’

राष्ट्रपतिले सरकारी कर्मचारी, एक डेमोक्र्याटिक सांसद र एक इन्टर्नमाथि पनि आक्रमण भएको बताउँदै यसले सरकारको काममा बाधा पुगेको र अमेरिकाका लागि खतरा उत्पन्न भएको बताए।

यो निर्णय डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्टको धारा ७४० अन्तर्गत लिइएको हो, जसले राष्ट्रपतिलाई आपतकालीन अवस्थामा प्रहरी बललाई संघीय उद्देश्यका लागि प्रयोग गर्ने अधिकार दिन्छ। यस कदमलाई वाशिङ्गटन डिसीका स्थानीय अधिकारीहरूले चिन्ताजनक भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला