2026-10-21 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ

काठमाडौँ | कपिलवस्तु प्रहरीले स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मायादेवी गाउँपालिका– ८ बरकुलपुरका २१ वर्षीय अभिषेक गुप्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए।

सोमबार दिउँसो कपिलवस्तु नगरपालिका–२ स्थित जमुवार पुलबाट पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको लु १८ प ८७४७ नम्बरको गुप्ताले चलाएको मोटरसाइकललाई पछ्याउँदै प्रहरीले उनलाई पक्राउ गरेको थियो। गोप्य सूचनाको आधारमा प्रहरीले गुप्तालाई झन्डै ६ किलोमिटर बढी पिछा गरी साधा पोशाकका प्रहरीले नियन्त्रणमा लिएको डिएसपी सिंहले बताए।

चेकजाँचका लागि रोक्ने क्रममा गुप्ता मोटरसाइकल सहित भागेका थिए। प्रहरीले पिछा गर्दै कपिलवस्तु नगरपालिका– १ स्थित जिल्ला प्रशासन कार्यालय तौलिहवा नजिकैबाट गुप्ता पक्राउ परेका थिए। पक्राउपछि खानतलासीका क्रममा मोटरसाइकलको डिक्की र सिटमुनि गुप्ताले लुकाइछिपाइ राखेको अवस्थामा भारतीय ५०० दलका २४ गड्डी नोटहरू बरामद भएको डिएसपी सिंहले बताए। बरामद भारतीय रुपैयाँ थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ