2026-09-30 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा

काठमाडौँ | सर्लाही प्रहरीले भन्सार छलि गरेर नेपाल भित्र्याइएका कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले गए राति करिब १२ बजे पर्सा गाउँपालिका क्षेत्रमा गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा रहेका मोटरसाइकल र त्यसमा लोड गरिएको तस्करीको सामन फेला पारेको हो ।

प्रहरी टोलीलाई देख्ने बित्तिकै मोटरसाइकलमा सवार व्यक्तिहरू सामानसहितका सवारी साधन त्यहीँ छाडेर फरार भएका थिए । प्रहरीले घटनास्थलबाट कपडा, किराना सामान तथा चार वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको जनाएको छ । बि आर ३० एच २६२८,बि आर ३० एफ ३०८७, बि आर ३० एच ०५३५ र बि आर ३३ जी ३१७५ नम्बरका मोटरसाइकल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

बरामद सामान र मोटरसाइकलको कुल अनुमानित मूल्य ६ लाख ७२ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम