2026-10-20 08:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण

काठमाडौँ | प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले स्वस्फूर्त रूपमा सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । यही विवरण आफूले शिक्षामन्त्री हुँदा पनि बुझाएको पुनले बताएका छन् । तर तत्कालीन सरकारले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरिदिएको उनको भनाइ छ । स्वआर्जनबाट किनिएको चारवटा जग्गा रहेको पुनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनको घर रहेको कास्कीको माझठाना वडा ७ मा चारवटा कित्ता जग्गा रहेको र २६ रोपनीभन्दा बढी जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यी जग्गाहरू स्वआर्जन भएको र कतिपय भने अमेरिकाबाट फर्कँदा बचेको पैसा भएको सांसद पुनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले यी सबै जग्गा पदम पुनसँग मिलेर किनेको र राष्ट्रिय आविस्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखिएको उल्लेख गरेका छन् । यद्यपी हालसम्म जग्गा बिक्री नभएको उनको भनाइ छ । उनले २०६० सालमा किनेको ३ तोला सुन श्रीमतीसँग रहेको उल्लेख गरेका छन् । सुनको स्रोत भने इस्टमित्रहरूले पत्नीलाई उपहारस्वरूप दिएको उनले उल्लेख गरेका छन् । यस्तै दुईवटा बैंक खातामा २९ लाख रुपैयाँ रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । नेपाल बैंकमा आफ्नो नामको बैंक खातामा करीब ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा रहेको आफ्नो खातामा करीब २५ लाख रुपैयाँ रहेको उनले बताएका छन् । जसमध्ये नेपाल बैंकमा रहेको रकम साथीहरूबाट प्राप्त सहयोग भएको बताएका छन् भने राष्ट्रिय वाणिज्य बैंकको २५ लाख २०८२ फागुनको चुनावका लगि संकलन भएको सहयोग र चुनावमा गरेको खर्चबाट बचेको उल्लेख गरेका छन् । यो रकम आफ्नो निर्वाचन क्षेत्रका मतदाताको सहयोगका लागि बेनीमा सञ्चालन गरिने कार्यालयमा खर्च गरिने पुनले उल्लेख गरेका छन् ।

उनले आफूसँग कुनै धितोपत्र वा सेयर नरहेको बताएका छन् । साथै कसैलाई ऋण नदिएको र कसैसँग नलिएको, सवारीसाधन नरहेको, कृषि तथा पशुधन पनि नरहेको उल्लेख गरेका छन् । उनले आफूले आफ्नो आत्मकथा पुस्तक हालसम्म २ लाख ५० हजार प्रतिबिक्री गरेको र त्यसबाट आएको सबै पैसा राष्ट्रिय आविस्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनार्थ राष्ट्रिय आविष्कार केन्द्रको नेपाल बैंकमा रहेको बैंक खातामा जम्मा गरेको उल्लेख गरेका छन् । पुनको पुस्तको मूल्य ७५० रुपैयाँ रहेको छ । २ लाख ५० हजार प्रतिबिक्री गर्दा पुनले त्यसबाट १८ करोड ७५ लाख रुपैयाँ प्राप्त गरेका छन् । किताब बिक्रीबाट आएको सबै रकम राष्ट्रिय आविस्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनार्थ राष्ट्रिय आविष्कार केन्द्रको खातामा राखेको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ