2026-09-30 01:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

काठमाडौँ | रोल्पाको थवाङ गाउँपालिका-१, जलजला जाने बाटोमा बिहीबार भएको जीप दुर्घटनामा परेका सबै मृतकको सनाखत भएको छ । रुकुम पूर्वको रुकुमकोटबाट जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटनामा मृत्यु भएका २० जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सिस्ने गाउँपालिका रुकुम पूर्व र घोराही उपमहानगरपालिका तथा शान्तिनगर गाउँपालिका दाङका बासिन्दा रहेका छन ।

प्रहरीका अनुसार सिस्ने गाउँपालिका -५, टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीया युवा घर्ती बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी रहेका छन् । त्यस्तै १३ वर्षीय सुदीप बुढाथोकी ४० वर्षीया ओमकुमारी बुढाथोकी, ६० वर्षीया मीना कमिनी, ६० वर्षीया लक्ष्मी शाह, २७ वर्षीया रुपमिना बस्नेत, सवारी चालक शान्तिनगर दाङका ४२ वर्षीय बेदु कामी र भुमे गाउँपालिका-५, का टेकप्रसाद बस्नेतको पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा घोराही उपमहानगरपालिका -१५, रतनपुर बस्ने ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षीय बालक संयोग जिसी, उमेर नखुलेका यमबहादुर जिसी र घोराही -१३ की धनमाया बिष्ट रहेका छन् । दुर्घटनामा परेर मृत्यु भएकाको शव रुकुम पूर्वको रुकुमकोट अस्पतालमा ल्याएर पोस्टमार्टम गरिने र त्यसपछि आजै आफन्तलाई जिम्मा लगाइने तयारी भएको छ ।

बिहीबार पूजापाठका लागि जलजला जाँदै गरेको जीप दिउँसो २ बजे भीरबाट ८ सय मिटर तल खसेको थियो । दुर्घटनामा एकजना घाइते भएका छन् ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही