2026-10-20 02:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

काठमाडौँ | रोल्पाको थवाङ गाउँपालिका-१, जलजला जाने बाटोमा बिहीबार भएको जीप दुर्घटनामा परेका सबै मृतकको सनाखत भएको छ । रुकुम पूर्वको रुकुमकोटबाट जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटनामा मृत्यु भएका २० जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सिस्ने गाउँपालिका रुकुम पूर्व र घोराही उपमहानगरपालिका तथा शान्तिनगर गाउँपालिका दाङका बासिन्दा रहेका छन ।

प्रहरीका अनुसार सिस्ने गाउँपालिका -५, टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीया युवा घर्ती बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी रहेका छन् । त्यस्तै १३ वर्षीय सुदीप बुढाथोकी ४० वर्षीया ओमकुमारी बुढाथोकी, ६० वर्षीया मीना कमिनी, ६० वर्षीया लक्ष्मी शाह, २७ वर्षीया रुपमिना बस्नेत, सवारी चालक शान्तिनगर दाङका ४२ वर्षीय बेदु कामी र भुमे गाउँपालिका-५, का टेकप्रसाद बस्नेतको पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा घोराही उपमहानगरपालिका -१५, रतनपुर बस्ने ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षीय बालक संयोग जिसी, उमेर नखुलेका यमबहादुर जिसी र घोराही -१३ की धनमाया बिष्ट रहेका छन् । दुर्घटनामा परेर मृत्यु भएकाको शव रुकुम पूर्वको रुकुमकोट अस्पतालमा ल्याएर पोस्टमार्टम गरिने र त्यसपछि आजै आफन्तलाई जिम्मा लगाइने तयारी भएको छ ।

बिहीबार पूजापाठका लागि जलजला जाँदै गरेको जीप दिउँसो २ बजे भीरबाट ८ सय मिटर तल खसेको थियो । दुर्घटनामा एकजना घाइते भएका छन् ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ