2026-10-20 03:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना

काठमाडौँ | काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस आज बिहान वीरगञ्जको पावर हाउस चोकमा दुर्घटनाग्रस्त भएको छ । सिकन्दर ट्राभल्सको बागमती प्रदेश ०१ ००६ ख ९३५६ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टेको हो । वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार काठमाडौँबाट रात्रि सेवामा गुडेको उक्त बस आज बिहान आफ्नो गन्तव्यमा पुग्नै लाग्दा पावर हाउस चोक नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनाका समयमा बसमा सवार यात्रुहरूको यकिन सङ्ख्या नखुले पनि बसमा रहेका सबै यात्रु र चालक दलका सदस्यहरू पूर्ण रूपमा सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

बस अचानक पल्टिँदा भित्र रहेका यात्रुहरू केही बेर निकै त्रसित बनेका थिए । दुर्घटना लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली उद्धारका लागि घटनास्थल पुगेका थिए । केही यात्रुहरूलाई सामान्य चोटपटक लागे पनि कसैलाई पनि अस्पताल भर्ना गर्नुपर्ने गम्भीर अवस्था नरहेको बुझिएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार मोड काट्ने क्रममा गति नियन्त्रण हुन नसक्दा वा चालकको थकानका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ