2026-09-30 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते

काठमाडौँ | गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज बिहान यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे१ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र-न-२-०३-००१ ख ७१५३ नम्बरको टिपर भित्री सडकखण्डमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक कृष्णप्रसाद राजवंशीसहित योगमाया निरौला, कल्पनाप्रसाद उराउ, शारदादेवी पौडेल, सलिना खत्री र उनकी छ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका सूचना अधिकारी खड्काले जानकारी दिए । घाइतेमध्ये योगमायाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको जनाउँदै उनले अन्य घाइतेको नगर अस्पताल गौरादहमा उपचार भइरहेको बताए। प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ ।

प्रहरी चौकी महारानीझोडाले टिपर चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री