2026-10-20 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ

काठमाडौँ | जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली नोट छाप्ने कम्प्युटर र प्रिन्टरसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैची तथा केही नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको हो । पक्राउ पर्नेहरुमा भारत ककरहवा सिद्धार्थनगर नौगढ उत्तर प्रदेश बस्ने अब्दुल गफ्फरको छोरा ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ११ मसिना बस्ने २२ वर्षीय बिक्की भन्ने अनिल पासी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गोप्य सूचनाका आधारमा प्रारम्भिक अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरुको पहिचान एवं खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले नोट छाप्ने स्थान र छाप्ने सामग्रीसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट सबै नोटहरुमा एउटै नम्बर ङ २५ ०२४९१२ रहेको नक्कली नेपाली पाँच सय दरको नोट ३० थान, नेपाली रुपियाँ १००, ५०० र १००० दरको प्रिन्ट भई कटिङ्ग नगरेको अवस्थामा रहेका नक्कली नोट सात थान बरामद गरिएको छ ।

यस्तै नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको सिपीयु एक थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको प्रिन्टर एकथान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको मोनिटर एकथान, मोबाइल दुई थान र कैची एकथान लगायत कागजहरु बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ