2026-10-23 06:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

काठमाडौँ | काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुबाहक बस मंगलवार विहान दुर्घटना भएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा बस दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि ३८ जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटनापछि स्थानीय, प्रहरी र उद्धार टोलीले घाइते यात्रुको तत्काल उद्धार गरेका थिए । प्रारम्भिक उपचारपछि ३५ जनालाई थप उपचारका लागि भैरहवास्थित विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विकको अवस्था गम्भीर छ । अन्य घाइतेमध्ये १९ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था सामान्य रहेको छ। चालक डिल्ली प्रसाद दाहाल र सहचालक राजन बुढासमेत घाइते भएका छन् । दुर्घटनामा सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, बाँके, झापा, काठमाडौँ, ललितपुर र ओखलढुंगालगायत जिल्लाका यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

घटनापछि फेरि एकपटक हुलाकी सडकको सुरक्षा, लामो दूरीका सवारीको अवस्था र चालकको कार्यघण्टामाथि प्रश्न उठेको छ । वर्षायाम नजिकिँदै गर्दा सडक सुरक्षामा संवेदनशीलता बढाउनुपर्ने आवाज स्थानीयस्तरमै उठ्न थालेको छ । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान प्रारम्भ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ