2026-10-02 03:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

काठमाडौँ | काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुबाहक बस मंगलवार विहान दुर्घटना भएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा बस दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि ३८ जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटनापछि स्थानीय, प्रहरी र उद्धार टोलीले घाइते यात्रुको तत्काल उद्धार गरेका थिए । प्रारम्भिक उपचारपछि ३५ जनालाई थप उपचारका लागि भैरहवास्थित विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विकको अवस्था गम्भीर छ । अन्य घाइतेमध्ये १९ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था सामान्य रहेको छ। चालक डिल्ली प्रसाद दाहाल र सहचालक राजन बुढासमेत घाइते भएका छन् । दुर्घटनामा सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, बाँके, झापा, काठमाडौँ, ललितपुर र ओखलढुंगालगायत जिल्लाका यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

घटनापछि फेरि एकपटक हुलाकी सडकको सुरक्षा, लामो दूरीका सवारीको अवस्था र चालकको कार्यघण्टामाथि प्रश्न उठेको छ । वर्षायाम नजिकिँदै गर्दा सडक सुरक्षामा संवेदनशीलता बढाउनुपर्ने आवाज स्थानीयस्तरमै उठ्न थालेको छ । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान प्रारम्भ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने