१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठग्न नपाएपछि आन्दोलन

१२ आश्विन २०७३, बुधबार ०२:३२

असोज १२, काठमाडौं | वैशाखमा बा १ ज १९०८ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै यात्रुले ट्राफिक प्रहरीको ९८५१२९५१०० नम्बरको मोबाइलमा एसएसएस पठाए।

त्यसको केही दिनपछि सोही ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै पुनः एक यात्रुले एसएमएस पठाए। एउटै ट्याक्सीका चालकलाई मिटरमा जान नमानेकोमा प्रहरीले तीनपटक कारबाही गर्‍यो ।

बा २ ज १८२६ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेपछि यात्रुले एसएमएसमार्फत उजुरी दिए । मिटरमा जान नमानेकै कसुरमा प्रहरीले यो ट्याक्सीका चालकलाई पनि तीनपटक कारवाही गर्‍यो ।

वैशाखदेखि मिटरमा जान नमान्ने, मोलमोलाई गर्ने र मिटर बिगार्ने ट्याक्सी चालकमाथि प्रहरीले कारवाही गर्न थालेपछि अहिले प्रत्येक दिन करिब १२ ट्याक्सी चालक कारवाहीमा पर्ने गरेका छन् ।

तर मंगलबार भने कुनै पनि ट्याक्सी चालक कारवाहीमा परेनन् । किनभने मंगलबार ट्याक्सी चालकहरुले ट्राफिक प्रहरीले चलाएको कारवाही अभियानको विरोधमा ट्याक्सी चलाएनन् ।

यात्रुले भनेको ठाउँमा जान नमान्ने, मिटरमा नगई मोलमोलाई गर्ने र मिटर बिगार्नेलाई गरिएको कारवाहीका विरोध गर्दै ट्याक्सी जाम गरिएको हो । 

उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्याल यात्रुलाई सहज तरिकाले गन्तब्यमा पुर्‍याउन अनुरोध गर्दा नमानेपछि कारवाही अभियान चलाएको बताउँछन् । ‘यो त ठग्न पाइएन भनेर गरेको आन्दोलन हो,’ उनले भने, ‘यात्रुलाई दुःख नदेऊ, मिटर नबिगार, मिटरमा उठेको भाडा लेऊ भन्दा आन्दोलन गर्ने कस्तो अचम्म ?’ जति आन्दोलन गरे पनि यात्रु ठग्नेलाई कडा कारबाही गरेरै छोड्ने उनले चेतावनी दिए। – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल