मंसिर ४, काठमाडौं | काठमाडौं महानगरपालिकाले सामान्य किसिमको मापदण्ड मिचिएका घर तथा भवनहरूलाई कानुनी मान्यता दिने तयारी गरेको छ ।पछिल्लो समय उपत्यकाभित्र मापदण्डविपरीत ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ४, काठमाडौं | काठमाडौं महानगरपालिकाले सामान्य किसिमको मापदण्ड मिचिएका घर तथा भवनहरूलाई कानुनी मान्यता दिने तयारी गरेको छ ।पछिल्लो समय उपत्यकाभित्र मापदण्डविपरीत ब"/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुस मसान्तभित्र आ–आफ्ना घर तथा भवनहरुको विवरण बुझाईसक्नु पर्ने

२०७३, ४ मंसिर शनिबार ०२:०५

मंसिर ४, काठमाडौं | काठमाडौं महानगरपालिकाले सामान्य किसिमको मापदण्ड मिचिएका घर तथा भवनहरूलाई कानुनी मान्यता दिने तयारी गरेको छ ।पछिल्लो समय उपत्यकाभित्र मापदण्डविपरीत बनेका भवनहरूको संख्या अत्यधिक भएपछि महानगरपालिकाले सामान्य प्रकृतिको मापदण्ड मिचिएको भए त्यस्ता भवनहरूलाई कानुनी मान्यता दिने तयारी गरेको हो । 

महानगरपालिकाभित्रका ८० प्रतिशत भवन कुनै न कुनै रूपले मापदण्ड मिचेर बनाइएको अनुमान गरिएको छ । मापदण्ड मिचिएका भवनलाई कानुनी मान्यता दिन महानगरपालिकाले सबभन्दा पहिला सबै घर तथा भवनहरूको विस्तृत विवरण संकलन गर्नेछ । महानगरपालिकाले आगामी पुस मसान्तभित्र आ–आफ्ना घर तथा भवन विवरणसहित दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

भवन निर्माण स्वीकृति नलिई बनाइएका भवन भए त्यस्ता भवन पनि स्केच, क्षेत्रफल र तलासहित विवरण आफैं घोषणा गरी महानगरपालिकामा बुझाउन भनिएको महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले बताए ।कानुनबमोजिम बनेका तथा कानुनविपरीत बनेका सबैखाले घर तथा भवनहरूको विवरण संकलन भएपछि सानातिना नियम उल्लंघन भएका भवनलाईचाहिँ छुट दिइने उनले बताए ।

नियमअनुसार भवन निर्माणपछि सम्बन्धित स्थानीय निकायमार्फत ‘भवन निर्माण सम्पन्न प्रमाण पत्र लिनुपर्ने हुन्छ । नयाँ भवनलाई निर्माण सम्पन्न प्रमाणपत्र दिनुअघि सो भवन कानुनी मापदण्डअनुरूप भए/नभएको भनेर हेर्ने गरिन्छ । गैरकानुनी हिसाबले घर बनाउने घरधनीहरू प्रमाणपत्र लिनै नआउने काफ्लेको अनुभव छ ।

तर, अब भने महानगरपालिकाले सामान्य किसिमले मापदण्ड उल्लंघन भए त्यस्ता भवनहरूलाई हेरेर नक्सा पास प्रमाण पत्र दिनेछ । ‘सानातिना गल्ती भन्नाले झ्याल यतापटि हाल्नुपर्नेमा अर्कोपटि हालेको, अलिकति पर्खालमा डिस्ट्यान्स भएको, एक तला पूजाकोठा निकालेको, भर्याङ छोपेकोजस्ता केसहरू पनि छन् । यस्ता सामान्य केसमाचाहिँ हामीले हेरेर कानुनी मान्यता प्रदान गरिदिनेछौं,’ काफ्लेले भने । उनले कानुनबमोजिम पास गर्न सक्ने जति हामी गरिदिन्छौं भन्दा पनि कसैले यसको फाइदा लिँदैन भने सजाय भोग्नैपर्ने बताए ।

तर, गम्भीर प्रकृतिको नियम उल्लंघन भएको खण्डमा त्यस्ता भवनलाई भने कारबाही नै हुने उनले बताए ।‘अहिले हामीले सबैले आ–आफ्नो विवरण पेस गर्नुहोस्, कति हद सम्मकालाई कानुनी मान्यता दिन सकिन्छ हेरौं, तपाईहरूले जेजस्तो अवस्थामा घर बनाउनुभएको छ त्यही कुरा हामीलाई दिनुस् भनेका छौं,’ उनले भने, ‘तर तलाका तला, ३–४ तला पास हुने ठाउँमा १८ तला बनाएको रहेछ भने त पासगर्न सकिँदैन ।’महानगरपालिकाभित्रका मापदण्ड मिचेर बनाइएका सबै भवन भत्काउनै नसकिने अवस्था सिर्जना भएपछि हाल महानगरपालिकाले सामान्य नियम उल्लंघन भएका भवनहरूलाई कानुनी मान्यता दिन लागेको हो । महानगरपालिकाभित्र अधिकांश भवनहरू मापदण्डविपरीत रहेको भनिँदै आए पनि यससम्बन्धी ठोस तथ्यांक नभएकाले हाल सबैखाले घर तथा भवनहरूको विवरण संकलन गर्र्ने तयारी गरिएको काफ्लेले बताए ।

‘कति कानुनी छ, कति गैरकानुनी छ, कति केसलाई चाहिँ कारबाही गर्नुपर्ने हो भन्ने थाहा पाउन पनि डाटा चाहियो तर हामीसँग अहिलेसम्म ठोस विवरण छैन,’ उनले भने, ‘कारबाही गर्न पनि त कहाँ गर्ने, कति भत्काउने भन्नलाई पनि त डाटा त चाहियो ।’  - – राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल