मंसिर ५, काठमाडौं | सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ । प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ५, काठमाडौं | सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ । प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकार"/>
२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० वर्ष पुराना गाडी चलाउन प्रतिबन्ध, यस्ता छन् कारणहरु

५ मंसिर २०७३, आईतवार ०२:४१

मंसिर ५, काठमाडौं | सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ । प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकारले कडाइ गर्न लागेको हो । 

१८ फागुन ०७१ मा सरकारले राजपत्रमा सूचना निकाल्दै २० वर्ष पुराना गाडीको सम्पूर्ण राजस्व तिर्न समयावधि दिएको थियो । आगामी फागुनमा दुई वर्षको अवधि पूरा हुने भएकाले १९ गतेदेखि भाडाका गाडी सञ्चालनमा प्रतिबन्ध लगाउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । ‘कार्यविधि बनाउने काम भइरहेको छ,’ उनले भने, ‘केही दिनभित्रै सूचना निकाल्छौँ, फागुन १९ गतेबाट २० वर्ष पुराना भाडाका गाडी प्रयोग गर्न पाइँदैन ।’

व्यवसायी आफैँले पुराना गाडी पत्रु बनाउनुपर्ने

आगामी १९ फागुनपछि पुराना गाडी व्यवसायी आफैँले पत्रु बनाउनुपर्ने भएको छ । बस, ट्रक, माइक्रोबसलगायतका भाडाका सवारीसाधन कवाडीमा बेच्नुपर्ने हुन्छ । सवारी तथा यातायात व्यवस्था ऐनमा २० वर्ष पुराना गाडी हटाउनुपर्ने प्रस्ट प्रावधान छैन । तर, यातायात व्यवस्था विभागले आवश्यकताअनुसार पुराना गाडी नियन्त्रण गर्न सकिने जनाएको छ । सोही आधारमा विभागले २० वर्ष पुराना गाडी हटाउन लागेको हो ।

निजी गाडीमा पनि लाग्न सक्छ प्रतिबन्ध

पहिलो चरणमा भाडाका सवारीसाधनमाथि २० वर्षको प्रावधान लागू गर्न लागिएको हो । क्रमशः निजी गाडी तथा मोटरसाइकलमा पनि लागू गरिने यातायात व्यवस्था विभागका प्रवक्ता डा. पाण्डेले बताए ।

अटेर गरे ट्राफिकले नियन्त्रणमा लिने

२० वर्ष पुराना गाडीको विवरण संकलन भइरहेको र १९ फागुनदेखि ती गाडी सञ्चालन भएमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । तर, व्यवसायी असन्तुष्ट छन् । ‘मिहिन ढंगले छलफल गरेर मात्र पुराना गाडी हटाउनुपर्छ,’ राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला भन्छन्, ‘व्यवसायीको ठूलो लगानी छ, त्यसलाई त्यत्तिकै फाल्न मिल्दैन, सरकारले क्षतिपूर्ति दिनुपर्छ ।’ २० वर्षभन्दा पनि गाडी कुदेको किलोमिटरलाई आधार बनाएर पुराना गाडी हटाउनुपर्ने उनी बताउँछन् । – आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

हटाउनै पर्ने ३ कारण

१. प्रदूषण नियन्त्रण

नेपालमा ३० वर्षभन्दा पुराना गाडी सञ्चालनमा छन् । पुराना गाडीले धेरै धुँवा फाल्ने भएकाले प्रदूषण बढाउँछ । नयाँ गाडीमा प्रदूषण नियन्त्रणको प्रविधिसमेत हुने भएकाले प्रदूषण कम हुन्छ । विकसित देशमा १० वर्ष पुराना गाडीलाई सहरी क्षेत्रमा चलाउन निषेध गरिन्छ । नेपालमा भने नियम लागू गरिएको छैन ।

२. दुर्घटना न्यूनीकरण

गाडी थोत्रो हुनु दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीको भनाइ छ । १ फागुनमा महाराजगन्जमा बसको ठक्करबाट दुई चिकित्सकको मृत्यु भयो । गाडी पुरानो भएकै कारण ब्रेक नलाग्दा बाटोमा हिँडिरहेका दुई चिकित्सकलाई ठक्कर दिएको थियो । पहाडी जिल्लाहरूमा पनि दर्जनौँ पुराना गाडी सञ्चालित छन् ।

ती गाडीले क्षमताभन्दा धेरै यात्रु बोक्दा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको प्रतिवेदनमा उल्लेख छ । ‘दुर्घटनाको प्रमुख कारणमध्ये एक थोत्रा गाडी पनि हुन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्याल भन्छन्, ‘दुर्घटना न्यूनीकरणका लागि पनि पुराना गाडी हटाउनुपर्छ ।’ पुराना गाडीमा ‘ब्रेकिङ सिस्टम’लगायतको प्रविधि कमजोर हुने भएकाले हटाउनुपर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

३. जाम न्यूनीकरण

पुराना गाडी हटाउनेबित्तिकै राजधानीका सडकबाट करिब दुई हजार गाडी हट्नेछन् । जसले राजधानीको जाम घटाउन सहयोग पुग्ने ट्राफिक प्रहरीको भनाइ छ । पुराना सवारीसाधन हटाएर ठूला बसहरू सञ्चालन गर्न सके राजधानीको ट्राफिक जाम घटाउन ठूलो सहयोग पुग्ने उनीहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट विश्वप्रकाश भन्छन् : खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो : प्रधानमन्त्री ‘डोरी’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध, मङ्सिर दोस्रो साता फ्लोरमा जाने कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने हो : प्रचण्ड सरकारले मनपरी रुपमा कर लिएको भन्दै प्रदर्शन नीजि क्षेत्रसँग मिलेर काम नगरे अर्थतन्त्रमा सुधार आउँदैन : मन्त्री सिंह ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु मंसिर २७ देखि उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी सम्बन्धी सम्मेलन मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता को को ? रबिनको ‘तिमी हिँड्ने बाटो’ मा बिना राउत जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन ‘कर प्रशासन र कर्मचारी जवाफदेही हिसावले राजश्व संकलन गर्नुपर्छ’ डिजेल र मट्टितेलको भाउ बढ्यो पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो कति छ आज तरकारी र फलफूलको मूल्य ? रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनलमा