मंसिर १८, काठमाडौं । कतार सरकारले गैरकानुनी हैसियतमा बस्दै आएका आप्रवासी कामदारलाई दिएको आममाफीमा कम नेपाली सहभागी भएर फर्केका छन् ।

आफ्नो कम्पनी (स्पो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १८, काठमाडौं । कतार सरकारले गैरकानुनी हैसियतमा बस्दै आएका आप्रवासी कामदारलाई दिएको आममाफीमा कम नेपाली सहभागी भएर फर्केका छन् ।

आफ्नो कम्पनी (स्पो"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले दिएको आममाफीको मौका धेरै नेपालीले यसरि गुमाए

२०७३, १८ मंसिर शनिबार ०१:५४

मंसिर १८, काठमाडौं । कतार सरकारले गैरकानुनी हैसियतमा बस्दै आएका आप्रवासी कामदारलाई दिएको आममाफीमा कम नेपाली सहभागी भएर फर्केका छन् ।

आफ्नो कम्पनी (स्पोन्सर) छाडेर बाहिर काम गर्दै आएका गैरकानुनी हैसियत भएका कामदारलाई बिना सजाय स्वदेश फिर्नको लागि कतारले तीन महिना (१ सप्टेम्बरदेखि १ डिसेम्बर)सम्म आममाफीको समय दिएको थियो । आममाफीको समय बिहीबारबाट सकिएको छ । 

‘आममाफीमा सहभागी भएर नेपाल फिर्ने नेपालीको संख्या एकिन हुन सकेको छैन । नेपाली दूतावासमा सम्पर्क गरेर जानेको संख्या १५ सय २५ जना रहेका छन्,’ कार्यवाहक राजदूत मणिरत्न शर्माले  भने, ‘केही दूतावासको सम्पर्कमा नआई सिधै कतारी निकायमार्फत् गएका हुन सक्छन् ।’

आफ्नो साथमा राहदानी भएका कामदार नेपाली दूतावासमा जान अनिवार्य छैन । उनीहरुलाई आन्तरिक मन्त्रालयअन्तर्गतको खोज तथा अनुसन्धान विभाग (एसएफडी)ले आवश्यक प्रक्रिया पूरा भइसकेकालाई स्वदेश पठाएको छ ।

कतारमा भिसा नलगाई बसेका तथा कम्पनी छाडेर बाहिर काम गर्दै आएका नेपालीको संख्या २० हजारभन्दा माथि रहेको अनुमान गरिएको थियो । ‘मसँग भागेर काम गर्दै आएका २० जना साथीहरु थिएँ,’ पोखराका लालबहादुर परियारले भने, ‘मैले सबैलाई आममाफी पाएको मौकामा जानुपर्छ भनेको हो । उनीहरु आएनन् । म फेरि कतारमै काम गर्न जानुपर्ने हुनाले फर्केर आएँ ।’

लालबहादुर १० वर्षदेखि भागेर भरुभूमिमा काम गर्दै आएका थिए । कतारले आममाफीमा फर्केकालाई दुई वर्षपछि पुन: काम गर्न आउन पाउने नियम राखेको थियो । ‘नेपालमै काम गर्न पाउने अवस्था छैन । परिवार नभेटेको पनि धेरै लामो वर्ष भयो’, काठमाडौंमा भेटिएका लालबहादुरले भने, ‘भर्खरै भागेर हाम्रो मजरामा आएका साथीहरु आएनन् । उनीहरु घरको ऋण नै तिरिनसकेको भन्थे ।’

साहनिया क्षेत्रमा उँटको काम गर्दै आएका सिन्धुलीका श्याम मगर अझै दुई वर्ष काम गरेर मात्रै स्वदेश फिर्ने बताए । ‘केही भए स्पोन्सरले हेरिदिउला भनेका छन्,’ उनले भने, ‘मलाई पनि अहिले नै फर्किन मन छैन् । यहाँ पैसा कमाउन पाइएको छ ।’ -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते