मंसिर १८, काठमाडौं । कतार सरकारले गैरकानुनी हैसियतमा बस्दै आएका आप्रवासी कामदारलाई दिएको आममाफीमा कम नेपाली सहभागी भएर फर्केका छन् ।

आफ्नो कम्पनी (स्पो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १८, काठमाडौं । कतार सरकारले गैरकानुनी हैसियतमा बस्दै आएका आप्रवासी कामदारलाई दिएको आममाफीमा कम नेपाली सहभागी भएर फर्केका छन् ।

आफ्नो कम्पनी (स्पो"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले दिएको आममाफीको मौका धेरै नेपालीले यसरि गुमाए

१८ मंसिर २०७३, शनिबार ०१:५४

मंसिर १८, काठमाडौं । कतार सरकारले गैरकानुनी हैसियतमा बस्दै आएका आप्रवासी कामदारलाई दिएको आममाफीमा कम नेपाली सहभागी भएर फर्केका छन् ।

आफ्नो कम्पनी (स्पोन्सर) छाडेर बाहिर काम गर्दै आएका गैरकानुनी हैसियत भएका कामदारलाई बिना सजाय स्वदेश फिर्नको लागि कतारले तीन महिना (१ सप्टेम्बरदेखि १ डिसेम्बर)सम्म आममाफीको समय दिएको थियो । आममाफीको समय बिहीबारबाट सकिएको छ । 

‘आममाफीमा सहभागी भएर नेपाल फिर्ने नेपालीको संख्या एकिन हुन सकेको छैन । नेपाली दूतावासमा सम्पर्क गरेर जानेको संख्या १५ सय २५ जना रहेका छन्,’ कार्यवाहक राजदूत मणिरत्न शर्माले  भने, ‘केही दूतावासको सम्पर्कमा नआई सिधै कतारी निकायमार्फत् गएका हुन सक्छन् ।’

आफ्नो साथमा राहदानी भएका कामदार नेपाली दूतावासमा जान अनिवार्य छैन । उनीहरुलाई आन्तरिक मन्त्रालयअन्तर्गतको खोज तथा अनुसन्धान विभाग (एसएफडी)ले आवश्यक प्रक्रिया पूरा भइसकेकालाई स्वदेश पठाएको छ ।

कतारमा भिसा नलगाई बसेका तथा कम्पनी छाडेर बाहिर काम गर्दै आएका नेपालीको संख्या २० हजारभन्दा माथि रहेको अनुमान गरिएको थियो । ‘मसँग भागेर काम गर्दै आएका २० जना साथीहरु थिएँ,’ पोखराका लालबहादुर परियारले भने, ‘मैले सबैलाई आममाफी पाएको मौकामा जानुपर्छ भनेको हो । उनीहरु आएनन् । म फेरि कतारमै काम गर्न जानुपर्ने हुनाले फर्केर आएँ ।’

लालबहादुर १० वर्षदेखि भागेर भरुभूमिमा काम गर्दै आएका थिए । कतारले आममाफीमा फर्केकालाई दुई वर्षपछि पुन: काम गर्न आउन पाउने नियम राखेको थियो । ‘नेपालमै काम गर्न पाउने अवस्था छैन । परिवार नभेटेको पनि धेरै लामो वर्ष भयो’, काठमाडौंमा भेटिएका लालबहादुरले भने, ‘भर्खरै भागेर हाम्रो मजरामा आएका साथीहरु आएनन् । उनीहरु घरको ऋण नै तिरिनसकेको भन्थे ।’

साहनिया क्षेत्रमा उँटको काम गर्दै आएका सिन्धुलीका श्याम मगर अझै दुई वर्ष काम गरेर मात्रै स्वदेश फिर्ने बताए । ‘केही भए स्पोन्सरले हेरिदिउला भनेका छन्,’ उनले भने, ‘मलाई पनि अहिले नै फर्किन मन छैन् । यहाँ पैसा कमाउन पाइएको छ ।’ -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ