मंसिर १८, काठमाडौं । प्रदेश नम्बर ५ टुक्र्याउनेगरी संविधान संशोधन प्रस्ताव दर्ता भएकामा शुक्रबार बुटवलमा प्रदेशस्तरीय विशाल जनप्रदर्शन गरिएको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १८, काठमाडौं । प्रदेश नम्बर ५ टुक्र्याउनेगरी संविधान संशोधन प्रस्ताव दर्ता भएकामा शुक्रबार बुटवलमा प्रदेशस्तरीय विशाल जनप्रदर्शन गरिएको छ । 
<"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताव फिर्ता गराएरै छाड्ने नेताहरूको उद्घोष

२०७३, १८ मंसिर शनिबार ०२:२६


मंसिर १८, काठमाडौं । प्रदेश नम्बर ५ टुक्र्याउनेगरी संविधान संशोधन प्रस्ताव दर्ता भएकामा शुक्रबार बुटवलमा प्रदेशस्तरीय विशाल जनप्रदर्शन गरिएको छ । 

५ नम्बर प्रदेशका १२ वटै जिल्लाका नेता, कार्यकर्ता तथा सांसदहरूको उल्लेख्य सहभागिता रहेको विरोध प्रदर्शनमा हजारौँले सहभागिता जनाएका थिए । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित ५ नम्बर प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य दलका नेता र जनताको जनसहभागिताले बुटवल सडक भरिभराउ भएको थियो । सडकमा जनसागर उर्लिएपछि प्रहरीलाई सुरक्षा व्यवस्थापन गर्न निकै हम्मेहम्मे परेको थियो ।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोध प्रदर्शनको नेतृत्व एमाले नेता विष्णु पौडेल, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता चन्द्र भण्डारीसहित विभिन्न दलका केन्द्रीयस्तरका नेताले गरेका थिए ।

विरोध ¥याली सुरु हुनुअघि १२ वटै जिल्लाका नेता कार्यकर्ताको भेला गरिएको थियो । भेलालाई एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका रायमाझी र कांग्रेसका भण्डारीलगायतले सम्बोधन गरेका थिए । प्रदर्शनमा बुटवलका सबैजसो संघसंस्थाले ऐक्यबद्धता जनाएका थिए ।

बुटवलमा जनसागर उत्रिएपछि नेताहरू पनि हौसिएका थिए । उनीहरूले संशोधन प्रस्ताव फिर्ता नगराउँदासम्म आन्दोलन तेज पार्ने उद्घोष गर्दै विजय हासिल गरेरै छाड्ने दृढता व्यक्त गरेका थिए । सदन र सडकबाट सो प्रस्ताव फिर्ता गराउने उनीहरूले बताए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता