मंसिर १८, काठमाडौं । प्रदेश नम्बर ५ टुक्र्याउनेगरी संविधान संशोधन प्रस्ताव दर्ता भएकामा शुक्रबार बुटवलमा प्रदेशस्तरीय विशाल जनप्रदर्शन गरिएको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १८, काठमाडौं । प्रदेश नम्बर ५ टुक्र्याउनेगरी संविधान संशोधन प्रस्ताव दर्ता भएकामा शुक्रबार बुटवलमा प्रदेशस्तरीय विशाल जनप्रदर्शन गरिएको छ । 
<"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताव फिर्ता गराएरै छाड्ने नेताहरूको उद्घोष

१८ मंसिर २०७३, शनिबार ०२:२६


मंसिर १८, काठमाडौं । प्रदेश नम्बर ५ टुक्र्याउनेगरी संविधान संशोधन प्रस्ताव दर्ता भएकामा शुक्रबार बुटवलमा प्रदेशस्तरीय विशाल जनप्रदर्शन गरिएको छ । 

५ नम्बर प्रदेशका १२ वटै जिल्लाका नेता, कार्यकर्ता तथा सांसदहरूको उल्लेख्य सहभागिता रहेको विरोध प्रदर्शनमा हजारौँले सहभागिता जनाएका थिए । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित ५ नम्बर प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य दलका नेता र जनताको जनसहभागिताले बुटवल सडक भरिभराउ भएको थियो । सडकमा जनसागर उर्लिएपछि प्रहरीलाई सुरक्षा व्यवस्थापन गर्न निकै हम्मेहम्मे परेको थियो ।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोध प्रदर्शनको नेतृत्व एमाले नेता विष्णु पौडेल, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता चन्द्र भण्डारीसहित विभिन्न दलका केन्द्रीयस्तरका नेताले गरेका थिए ।

विरोध ¥याली सुरु हुनुअघि १२ वटै जिल्लाका नेता कार्यकर्ताको भेला गरिएको थियो । भेलालाई एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका रायमाझी र कांग्रेसका भण्डारीलगायतले सम्बोधन गरेका थिए । प्रदर्शनमा बुटवलका सबैजसो संघसंस्थाले ऐक्यबद्धता जनाएका थिए ।

बुटवलमा जनसागर उत्रिएपछि नेताहरू पनि हौसिएका थिए । उनीहरूले संशोधन प्रस्ताव फिर्ता नगराउँदासम्म आन्दोलन तेज पार्ने उद्घोष गर्दै विजय हासिल गरेरै छाड्ने दृढता व्यक्त गरेका थिए । सदन र सडकबाट सो प्रस्ताव फिर्ता गराउने उनीहरूले बताए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ