मंसिर २९ पर्वत । वागलुङको नमूना सामुदायिक विद्यालय गणेश माध्यमिक विद्यालय नारायणस्थान ५ वलेवामा श्रीमद् भागवत तथा धनधान्यञ्चल महायज्ञ आजवाट शुरु भएको छ । 

विद्यालयलाई विश्व परिवेश सुहाउँदो व्यवहारिक, प्राविधीक, बैज्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २९ पर्वत । वागलुङको नमूना सामुदायिक विद्यालय गणेश माध्यमिक विद्यालय नारायणस्थान ५ वलेवामा श्रीमद् भागवत तथा धनधान्यञ्चल महायज्ञ आजवाट शुरु भएको छ । 

विद्यालयलाई विश्व परिवेश सुहाउँदो व्यवहारिक, प्राविधीक, बैज्"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

दश वर्षभित्र देशमै रोजगार हुने व्यवस्था भैसक्यो – मन्त्री जोशी

२९ मंसिर २०७३, बुधबार ०५:३०

मंसिर २९ पर्वत । वागलुङको नमूना सामुदायिक विद्यालय गणेश माध्यमिक विद्यालय नारायणस्थान ५ वलेवामा श्रीमद् भागवत तथा धनधान्यञ्चल महायज्ञ आजवाट शुरु भएको छ । 

विद्यालयलाई विश्व परिवेश सुहाउँदो व्यवहारिक, प्राविधीक, बैज्ञानिक, सुचना तथा सञ्चार प्राविधियुक्त गुणस्तरिय शिक्षा प्रदान गरि देशकै एक नमुना शैक्षिक केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ सुरु भएको हो । आजवाट शुरु भएको महायज्ञ पौष ५ गतेसम्म सञ्चालन हुने छ । उक्त महायज्ञको उद्घाटन नेपाल सरकारका उद्योग मन्त्री नवीन्द्रराज जोशीले गरेका छन् । महायज्ञको उद्घाटन गदै मन्त्री जोशीले १० वर्षभित्रमा युवाहरुलाई स्वदेशमै रोजगार दिने कुरामा वर्तमान सरकारले पूर्वाधार सृजना गरेको उल्लेख गरे । आजको सहारान्यूजले खबर छापेको छ ।

वन्द रहेका उद्योगहरु सञ्चालनको तयारी भएको र नयाँ उद्योगा स्थापनाको खाका तयार भैसकेको बताउँदै उद्योग कलकारखाना सञ्चालन गरेर स्वदेशमै     स्वरोजगार सृजना गरिने दावी  गरे ।

उद्योग क्षेत्रको विकासका लागि साना घरेलु उद्योग स्थापनाका लागि ३ देखि ५ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने गरी नीति ल्याउन लागिएको जानकारी दिँदै मन्त्री जोशीले निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिए । 

उनले वागलुङ र पर्वतलाई पर्यटन मार्फत अगाडि बढाउन सकिने ठुलो संभावना रहेको बताउँदै त्यस सम्बन्धि खाका बनाएर अगाडी वढ्न उनले सुझाव दिए । कार्यक्रमममा वागलुङ क्षेत्र नम्बर २ का साँसद प्रकाश शर्मा पौडेल, वागलुङ ३ का साँसद ज्ञानकुमारी छन्त्याल, समानपातिक साँसद रत्ना शेरचन, पर्वतका समानुपातिक साँसद कल्पना चापागाई, भागवत भाष्कर यूवा पण्डित कमलनयन गौतम, पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक विष्णुप्रसाद अधिकारी, वागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे,स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, पर्वतका व्यवासायी विषमकुमार श्रेष्ठ, होमनारायण श्रेष्ठ, समाजसेवी दुर्गाप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । 

यस्तै नेपाली काँग्रेस वागलुङका सभापति दिपेन्द्र थापा, नेकपा एमाले वागलुङका अध्यक्ष श्रीप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका योगेन्द्र पौडेल, नयाँ शक्ति पार्टिका चित्र सापकोटा , विद्यालयका पूर्व विद्यार्थी धुर्व श्रेष्ठ लगायतका वक्ताहरुले महायज्ञ सफलताको कामना व्यक्त गरेका  थिए ।

पहिलो दिनमै २५ लाख संकलन

महायज्ञको पहिलो दिनमानै २५ लाख रुपैयाँ संकलन भएको छ । बाग्लुङ घर भई कुश्मामा होटल र फर्निचर व्यवसाय गर्दै आएका विशम कुमार श्रेष्ठ र भरतकुमारले श्रेष्ठले आफ्ना बाजे मानबहादुर श्रेष्ठ र रत्नप्रसाद श्रेष्ठको नाममा मान रत्न स्मृति कोषको नाममा १५ लाख रुपैयाँ विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका छन् । उनीहरुले उक्त स्मृति कोषबाट बर्षेनी जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने गरी कोष बनाउनको लागि घोषणा गरेको विशम कुमार श्रेष्ठले जानकारी दिए । पहिलो किस्ता स्वरुप हामीले १५ लाख बोलको हौं हामी पछि पनि रकम थप्दै जान्छौ यो कोष १५ लाखमानै रोकिन्न, विषम कुमार श्रेष्ठले  भने ।


मानरत्न प्रतिष्ठान नारायणस्थानका अध्यक्ष एवं समाजसेवी दुर्गाप्रसाद श्रेष्ठले १५ लाखको सहयोगको घोषणा गरेको हो । पर्वतका व्यवसायी होमनारायण श्रेष्ठले ५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् ।  सात दिनसम्म सञ्चालन हुने उक्त महायज्ञमा भागवत भाष्कर गुरुदेव कमलनयन गौतमले कथा प्रवचन गरिने महायज्ञ आयोजक मुल समितीका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले साझासवालकर्मीलाई जानकारी दिए ।


महायज्ञवाट ४ करोड रुपैयाँ आर्थिक सहयोगको अपेक्षा लिइएको महायज्ञ मुल आयोजक समितिका सचिव एवं विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा सुबेदीले बताए । संकलित रकम विद्यालयको शैक्षिक एवं भौतिक विकासमा लगानी गरिने तथा गरिव तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक विकासमा लगानी गर्ने आयोजकले जनाएको    छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु